Comments Add Comment

डेढ लाख नतिरेको निहुँमा अपहरण ! ८ जना पक्राउ

२१ भदौ, काभ्रे । प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका-५ चौकोटबाट ८ जनालाई पक्राउ गरेको छ ।

भक्तपुरबाट अपहरणमा परेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ बस्ने बर्ष ४७ को बिष्णु कटुवाललाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त पनि गरेको छ ।

केही आर्थिक लेनदेन भएका व्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखी जबर्जस्ती नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने जानकारी प्राप्त हुनसाथ खोजतसालको क्रममा धुलिखेल नगरपालिका-५ चौकोटको उकालोबाट गाडी र मोटरसाइकलसहित संलग्न ब्यक्तिहरु पक्राउ गरिएको बताए ।

उनका अनुसार बा ५ च ९७३५ नम्बरको कार, बा ७८ प ५०५ नम्बरको मोटरसाइकल र बा ३४ प ५०० नम्बरको स्कुटीसहित बेलुका ५ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख सुनिलजंग शाहले बताए ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा नगरपालिका-६ बस्ने बर्ष २३ को दीपक भुजेल, नमोबुद्ध नगरपालिका-१० का राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने कृष्णहरि अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भई सूर्यविनायक बस्ने रामेश्वर सिलवाल रहेका छन् ।

त्यस्तै रामेछाप खाडादेवी गाउँपालिका-१ का टेकबहादुर विक, काठमाडौ महानगरपालिका २८ बस्ने धननारायण तण्डुकार, सिन्ुधपाल्चोक सुनकोशी गाउँपालिका-५ का रञ्जन सिलवाल र मकवानपुर पालुङ ७ का नकुल कार्की पनि पक्राउ परेका छन् ।

घटना भक्तपुर जिल्लाको भएकाले पक्राउ परेकाहरुलाई भक्तपुर जिल्ला प्रहरी कार्यालय पठाएको शाहले बताए । इन्सपेक्टर शाहका अनुसार कटवाले तिर्नुपर्ने १ लाख ५० हजार रुपैयाँ नतिरेको भन्दै उनलाई अपहरण गरिएको हो तर के को रकम भन्ने खुल्न सकेको छैन । प्रहरी बरामद गरेको एउटा व्यागमा शंकास्पद सामाग्रीहरु फेला परेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment