Comments Add Comment

‘अमेरिकन बाबु मेड इन नेपाल ‘ न्युयोर्कमा प्रिमियर

न्युयोर्क/ ‘अमेरिकन बाबु मेड इन नेपाल ‘ चलचित्र न्युयोर्कमा प्रिमियर गरिएको छ ।

प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरुलाई समेटेर बनाइएको भएर यो चलचित्रको पि्रमियरमा उल्लेख्य दर्शकको पनि उपस्थिति थियो ।

यस चलचित्रका निर्देशक ईश्वर थापाले आफ्नो चलचित्रमा अमेरिकामा नेपालीहरुले भोगेको कुरालाई उतारेको भएर दर्शकहरुले मन पराएको उल्लेख गरे ।

‘यहाँ आएका सबै नेपालीहरुको संघर्ष उस्तै भएकाले दर्शकहरुले यसलाई रुचाएका हुन्,’ निर्देशक थापाले भने ।

पि्रमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे । ‘चलचित्रका निर्देशक बधाइका पात्र छन् यसका लागि,’ क्षेत्रीले भने ।

१ दशकअघि बिषालु, हाउडे जस्ता नेपाली चलचित्रमा नायकको भूमिका निभाएका निर्देशक थापा अहिले म्युजिक भिडियो र चलचित्रमा निर्देशनमा व्यस्त छन् ।

राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माता रहेका उक्त चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र अमेरिकाको विभिन्न शहर हुंदै ३ महिना पछि नेपालमा रिलिज गरिने बताइएको छ ।

पि्रमियरमा निर्देशक थापाको अर्काे चलचित्र बुलेटप्रुफ शेर्पा छिट्टै बन्ने जानकारी पनि दिइयो जसमा कलाकार जाङ्बु शेर्पाको मुख्य भूमिका हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment