Comments Add Comment

पिस प्वाइन्टको ह्याट्रिक

काठमाडौं । आयोजक पिस प्वाइन्टले तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

ब्वाइजतर्फ पिस प्वाइन्ट च्याम्पियन बनेको यो लगातार तेश्रो पटक हो । गल्र्समा भने गत संस्करणको उप विजेता क्याम्ब्रिजले पहिलो स्थान हात पार्‍यो ।

सानो गौचरणमा भएको ब्वाइजको फाइनलमा पिस प्वाइन्टले जगत मन्दिरलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । पिस प्वाइन्टका अनिल चौलागाईंले ह्याट्रिक गरे ।

अनिल नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

अंकुरले रिभेरालाई २-० गोलले हराउदै तेश्रो स्थान हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

गर्ल्सको उपाधि भिडन्तमा क्याम्बि्रजले डिफेन्डिङ च्याम्पियन पिस प्वाइन्टलाई १-० गोलअन्तरले निराश पार्‍यो । जेशिका सिंह श्रेष्ठले निर्णायक गोल गरिन् ।

केभीएसबाट वाक ओभर पाएको एजीएम तेश्रो भयो । पहिलोले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते ।

ब्वाइजतर्फ गोलरक्षकमा जगत मन्दिरका राहुल सुनुवार तथा डिफेन्समा पिस प्वाइन्टका बलबहादुर थापा उत्कृष्ट चुनिए । प्रतियोगिताभर ७ गोल गरेका अंकुरका जय अधिकारी सर्वाधिक गोलकर्ता बने ।

गर्ल्समा पिस प्वाइन्टकी एनी तामाङ उत्कृष्ट डिफेन्डर तथा क्याम्ब्रिजकी महिष्मा राई उत्कृष्ट गोलरक्षक चुनिए ।

भदौ १७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २१ र गर्ल्समा ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment