Comments Add Comment

नेपालमा सुजुकीका रुचाइएका कारः कुन कति अब्बल ?

२९ भदौ, काठमाडौं । सुजुकी नेपालमै धेरै बिक्री हुने कार हो । यसले नेपाली उपभोक्तामाझ निकै राम्रो छाप छोडिसकेको छ । जापानिज ब्राण्ड भएकाले पनि यसमा धेरैको विश्वास छ । सुजुकीले लामो समयदेखि नेपाली बाटो सुहाउँदो गाडी ल्याइरहेको छ ।

भारतमा मारुतीसँगको सहकार्यमा कम्पनीले उत्पादन भइरहेका गाडी नेपाली बाटोमा अब्बल सावित भइसकेका छन् । सुजुकीका कारलाई यहाँ सीसी मोटो कर्पले विक्री वितरण गर्दै आएको छ । कम्पनीका अनुसार सुजुकीका विभिन्न कारहरु अहिले बजारमा निकै रुचाइएका छन् ।

सीजी मोटोकर्पका मार्केटिङ म्यानेजर करण शाक्य गुणस्तरीय उत्पादन, कम्पनीको देशब्यापी सर्भिसिङ नेटवर्क लगायतका कारण ग्राहकले सुजुकीलाई नडा अटो-शोमा पनि सुजुकीको गाडीलाई प्राथमिकतामा राखेर बुकिङ गरिरहेको दावी गर्छन् ।

अहिले चलिरहेको नाडामा पनि सुजुकीको स्टलमा लगातार ग्राहकको घुइँचो देख्न सकिन्छ । यसले नै कम्पनीप्रति ग्राहकको विश्वास प्रष्ट्याउने उनको भनाइ छ । निकै रुचाइएका सुजुकीका केही कारहरुको यहाँ चर्चा गरौंः

नयाँ स्वीफ्ट

सुजुकीको थर्ड जेनेरेसनको स्विफ्ट कार पनि नाडा अटो शोमा राखिएको छ । यो नयाँ कार हो । स्विफ्ट नेपाल र भारतीमा धेरै किक्ने कारमा पर्छ । यो कार नयाँ च्यासिस सहितको नयाँ डिजाइनमा उपलब्ध छ । यसमा आकर्षक लुक्स छ । सुरक्षाका पर्याप्त फिचर्स उपलब्ध गरिएको छ । सबै भेरिएन्टमा एयरब्याग छन् । एबीएस लगायतका स्ट्यान्डर्ड फिचर पनि छन् ।

यसमा पेडेस्टि्रयन प्रोटेक्सन सिष्टम समेत जोडिएको छ । यो सेगमेन्टको कारमा यस्तो सिष्टम यसअघि नभएको दावी कम्पनीको छ । नयाँ स्विफ्टमा पहिले भन्दा चौडा छ । ह्वीलबेस बढाइएको छ । क्याबिनमा पनि धेरै स्पेश सिर्जना गरिएको छ । सुरक्षा, बनोट र पर्फमेन्स सबै दृष्टिकोणले कार बजारमा उत्कृष्ट सावित हुने विश्वास कम्पनीको छ ।

नयाँ स्विफ्टमा सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इडि प्रोजेक्टर हेडल्याम्प, कट टु-टोन अलोय हृविल तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियरलगायत फिचर छन् । १.२ लिटर भीभीटी जस्ता प्रविधि पनि यसमा छ । पैदलयात्री तथा बालबालिकाको सुरक्षाका लागि डुवल एयरब्याग, सँगै एबिएस, आइसोफिक्स् र टोटल इफेििक्टभ कन्ट्रोल टेक्नोलोजीको व्यवस्था गरिएको सीजी मोटो कर्पले जनाएको छ ।

सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याट र्फममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ ।

उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गरेको वितरक सीजी मोटोकर्पले लिएको छ । २८५ लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारी ४० मिमि चौडा र २० मिमिलामो ह्वील बेस छ ।

भिटारा ब्रेजा

भिटारा ब्रेजा एसयूभी सेग्मेन्टम डुअल कलर स्किमसहितको कार हो । यो १२४८ सीसी क्षमताको गाडी हो । खासमा मारुतीले एसयुभी सेक्सनमा आफ्नो उपस्थीति बलियो बनाउने धेरै मेहेनत गरेको यो मोडलमा । यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेयरिङ माउन्टेड कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प लगायतका फिचर छन् । ब्रेजाको डिजाइन स्पोर्टी गाडीको फिल दिने खालको छ ।

मारुतीका अहिलेसम्मका प्रोडक्टको भन्दै बेग्लै लयमा डिजाइन गरिएको छ मारुती भिटारा ब्रेजा । स्पोर्टी लुक्ससँगै पछाडिबाट हेर्दा यो निकै भब्य लाग्छ । यसकै कारण बि्रजा कम्प्याक्ट एसयुभी भएपनि पि्रमियम एसयुभीको फिल दिन्छ । अग्रभागको डिजाइन पनि लक्जरी एसयुभीको शैलीलाई पछ्याउँदै गरिएको छ, जसले गर्दा कारको समग्र बाहृय डिजाइनप्रति खोट लगाउने कुनै ठाउँ छैन ।

मारुतीले ब्रेजामा थुप्रै यस्ता फिचरहरु राखेको छ जुन लक्जरी एसयूभीमा हुन्छन् । पावर स्टेयरिङ, पावर विन्डो, सेन्ट्रल लक, एडजस्टेवल ऐना, अटोमेटिक एयर कन्डिसन लगायतका धेरै फिचर यसमा राखिएको छ । पार्किङ सहयोगका लागि पछाडीको क्यामेरा, अटोमेटिक हेडल्याम्प लगायत सुविधा पनि यसमा छन् । सुरक्षाका लागि अगाडी दुईवटा एयरब्याग र चोरीबाट बचाउने सुरक्षा प्रणाली पनि जोडिएको छ । १२४८ सीसी क्षमताको चार सिलिण्डरयुक्त इन्जिन रहेको ब्रेजामा पाँच गियर सिस्टम रहेको छ । ब्रेजा तत्कालका लागि डिजेल इन्जिनमा र म्यानुअल ड्राइभिङ मोडमा मात्र उपलब्ध छ ।

५ सिट क्षमताको यो गाडीमा सुजुकी टीइसीटी प्रणाली जडान गरिएको छ भने यसमा एबीएस तथा पि्र-टेन्सनसमेत जडान गरिएको कम्पनीले जनाएको छ । एप्पल कार प्लेसहितको स्मार्ट प्ले इन्फोटेनमेन्ट प्रणालीसहितको गाडीमा क्रुज कन्ट्रोल, एन्टी पिन्च गार्ड पावर विन्डोलगायत यसका बेस्ट इन क्लास फिचर्स पनि छन् । कारमा किलेस एन्ट्री, स्टेरिङ माउन्टेड कण्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, इञ्जिन स्टार्ट स्टप बटन, क्यामरासहितको पार्किङ सेन्सर, अटो एसीलगायत सुविधा पनि उपलब्ध छ । यसको फ्युल इफिसियन्सी २४ किलोमिटर प्रतिलिटर छ ।

यो गाडीमा उत्कृष्ट क्षमताका लागि डीडीआइएस-२०० इन्जिन जडान गरिएको छ । पूर्ण डिजल इञ्जिनले ९० पीएस शक्ति र २४ दशमलब ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसमा १ सय ९८ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स छ । नेपाली बाटोका लागि यसको ग्राण्उड क्लेयरेन्स उत्कृष्ट मानिएको छ ।

स्पोर्टी बडी किटसहितको गाडी फ्लोटिङ रुफ डिजाइनयुक्त छ । यस्तो रुफले गाडीको लुक्सलाई स्पोर्टीयस्ट मात्रै बनाएको छैन, उत्तिकै युनिक रुप पनि दिएको छ । गाडीको भित्री भागमा पियानो फिनिस छ । यसमा रहेको स्पोर्टी सिटले यात्रामा आरामदायी हुन्छ भने ठूलो क्याबिन र बुटस्पेसले थप सुविधा दिन्छ ।

इग्निस

जापानिज सुजुकी ‘इग्निस’ नेपालको सबैभन्दा नयाँ कम्प्याक्ट एसयूभी कार हो । फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले नेपाली उपभोक्ताको मन जितेको दावी कम्पनीको छ । दमदार लुक्सका कारण  बजारमा यसको  चर्चा छ ।

पर्फेक्ट डिजाइनमा तयार भएको इग्निस नयाँ किसिमको कार चढ्न चाहानेहरुका लागि उत्कृष्ट विकल्प बन्ने देखिन्छ । जोसुकैले एकैपटकमा नोट गर्ने यसको आउट लूक नै हो । नेपाल सार्वजनिक हुनासाथ यसको चर्चा चुलिएको छ । इग्निस अगाडिबाट मात्रै हैन पछाडिबाट हेर्दा पनि त्यत्तिकै स्मार्ट देखिन्छ ।

रेट्रो लुक्ससहितको यसमा हेडलाइट्सको साथ डे टाइम रनिङ लाइटले यसलाई एउटा फरक अवतारमा प्रस्तुत गरेको छ । कम्प्याक्ट कार भएर पनि बम्परमा ब्ल्याक क्लेडिङसहित एसयूभीवाला इलिमेन्टसहरु राखेर मस्क्यूलिन लुकका साथ ल्याइएको छ ।

यसमा पावरफूल पेट्रोल इञ्जिन छ । यो कारमा १.२ लिटर पेट्रोल इञ्जिन छ । यसको इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्छ । यसमा २ लिटरको भीभीटी पेट्रोल इञ्जिन पनि दिइएको छ । यसमा ४ सिलिण्डर छन् । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ ।

यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ । यो १.२ लिटर पेट्रोल इञ्जिनमा आएको छ । यो कारको फ्युल इफिसियन्सी पनि राम्रो छ । यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिन्छ ।

यसमा २५८ लिटरको बूट स्पेश पनि छ । जसलाई पछाडिको सिट फोल्ड गरेर ४१५ लिटरको पनि बनाउन सकिन्छ । इन्टेरियरको कुरा गर्दा यो पि्रमियम एसयूभी बराबरको फिचर्सबाट सुसज्जित छ ।

दुई ड्राइभ मोडले हाइवे र शहरी एरियामा राम्रो परफरमेन्स दिन्छन् । कार थोरै छोटो भएकाले यसको ह्याण्डिलिङ पनि सजिलोसँग गर्न सकिन्छ । यसमा १८० एमएमको ग्राउण्ड क्लेयरेन्सले अप्ठेरो सडकमा गाडी चलाउँदा पनि सजिलोसँग हृयाण्डल गर्न सकिन्छ । इग्निस डुअल कलर टोनको साथमा आएको छ ।

डिजायर

सुजुकीको अर्को उत्कृष्ट उत्पादन हो, स्वीफ्ट डिजायर । हियरटेक च्यासिस प्ल्याटर्फममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको छ । पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ ।

सुरक्षामा विशेष ध्यान दिई निर्माण गरिएको कारका सबै भ्यारियन्टमा डुअल एयरब्याग र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ ।
कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आˆनो श्रेणीकै सवार्र््िक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ ।

साथै, कारमा लामो हि्वल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथ यसको बुट स्पेशपनिथप बढाएर ३ सय ७८ लिटर बनाइएको छ ।

कारमा प्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधा पनि उपलब्ध छन् ।
साथै, कारमा एण्ड्रोइड अटोमा आधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली -भारतिय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रीन प्रणालीमार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध छ ।

कारलाई पूर्ण परीक्षण गरी सफलता हात पारिसकेको के १४ इञ्जिनले शक्ति प्रदान गर्छ । के १२ इञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने इञ्जिनका रुपमा परिचित छ ।

अल्टो

इन्ट्री लेभलको अल्टो मारुती-सुजुकीको उत्पादन हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् ।

सिजी मोटोकोर्पकाअनुसार नेपाली बजारमा अल्टो विभिन्न भेरियन्टमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ ।

यसले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । माइलेजका कारण पनि यसले नयाँ गाडी ग्राहकको ध्यान तानेको छ ।

नेपाली बजारमा अल्टोको मूल्य १६ लाख ३९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख ८९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।

अल्टोले शहरी क्षेत्रमै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको सिजी मोटाकोर्पले बताउँछ । अल्टो इन्धन किफायती भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।

सेलेरियो

सुजुकीका ‘सेलेरियो’लाई ‘द पर्फेक्ट फेमिली कार’ भन्ने गरिन्छ । सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ । नयाँ सेलेरियोमा प्रमाणित अवार्ड विजेता के १० इञ्जिनको प्रयोग गरिएको छ । सो ईञ्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सवार्र््िक दावी गरिएको २३ दशमलव १ किलो मिटर प्रति लिटर माइलेज दिने क्षमता राख्छ ।

सार्वजनिक नयाँ फेसलिफ्ट (परिस्कृत) कारहरुमा समय सापेक्ष रुपमा नयाँ फ्रन्ट ग्लरील र स्टाइलिश फ्रन्ट बम्पर एसेम्बिलको प्रयोग गरिएको छ । साथै, कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पूरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ ।

यसमा भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेबि्रक्सको प्रयोग गरिएका छन् ।

आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखि यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्सहरुपनि समाहित गरिएका छन् । सेलेरियोमा १ सय ७० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध छ ।

त्यसैगरी, २ हजार ४ सय २५ एमएमको ठूलो हृविल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतीय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विण्डो, किलेस ईन्ट्री, ईलेक्टि्रक पावर स्टेरिङ, पावरफूल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध छन् ।

कारमा उपलब्ध गरिएका सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वोत्कृष्ट कारका रुपमा पनि लिइन्छ । कारका हरेक भ्यारियन्टमा स्ट्यान्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन्, एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा पि्र टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्टपनि कारमा जडान गरिएको छ ।

दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चोटपटक न्यूनीकरणका लागि प्रयोग हुने सुरक्षा फिचर्स उपलब्ध छ । साथै, कार चोरी लगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा इम्मोबलाइजर तथा सुरक्षा प्रणालीहरु पनि जडान गरिएका छन् ।

बलेनो

सुजुकीको अर्को चर्चा बटुलेको कार हो, बलेनो । यो १२ सय सीसीको भीभीटी पेट्रोल इञ्जिन भएका कार हो । यसले यो सेगमेन्टमै उच्च माइलेज दिने दाबी कम्पनीको छ ।
बलेनोको भेरियन्टहरुमा फरक-फरक सुविधाहरु छन् । यसमा पावर स्टेरिङ लगायतका सुविधा छन् भने पावर विन्डो, रिमोर्ट लक्ड लगायत थप सुविधा राखिएका छन् । पुस बटम स्टार्ट, आउट क्रोम, फागलाइट लगायत फिचर्स पनि छन् भने प्रोजेक्टेड हेड ल्याम्प, एलइडी डिस्प्ले, रिभर्स क्यामेरा, एपल प्ले म्युजिक सिस्टम लगायत सुविधा छन् ।

बलेनोमा एयरब्यागसहित विभिन्न सुरक्षा प्रविधिहरु पनि अपनाइएको छ । यसले चालक र यात्रुहरुलाई दुर्घटनाका समयममा पनि सुरक्षित राख्न मद्धत गर्छ । यसको ग्राउण्ड क्लेयरेन्स पनि आकषैक छ । १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्सले पनि बलेनोप्रति धेरै आकषिर्त भएका छन् । बलेनोले विज्ञहरुबाट उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनी प्रदुषणका लागि तारिफ पाएको छ ।

यसलाई सुजुकीको नवीनतम सुजुकी टिईसीटी प्लेटर्फममा बनाइएकाले पनि धेरैले रुचाएका छन् । यो प्लेटर्फम अन्यभन्दा सय केजी हल्का र १० प्रतिशत बढी बलियो र तुलनात्मक रुपमा अरुभन्दा मजबुत रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment