Comments Add Comment

मन्त्रीको प्रतिबद्धताः यातायात व्यवसायीले तालाचावी बुझाउने अवस्था आउन दिन्नँ

३० भदौ, बुटवल । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीले सरकारलाई तालाचाबी बुझाउने अवस्था आउन नदिने दाबी गरेका छन् ।

व्यवसायीहरुले झेल्दै आएको समस्या समाधानका लागि प्रदेश सरकारले मात्रै पहल गरेर नहुने भन्दै उनले संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गरे ।

पश्चिमाञ्चल यातायात ब्यबसायी समिति बुटवलको १९ औं बाषिर्क साधारणसभामा मन्त्री चौधरीले यातायात व्यवसायीहरुको खाता रोक्का हुँदा समितिमार्फत हुने उपचार प्रभावित भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘अहिलेको ३ लाख रुपैयाँले उपचार प्राप्त हुँदैन, यसमा ध्यान जानु आवश्यक छ ।’

हालै मात्र ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरुले संघीय सरकारसँग कुराकानी गरेको भन्दै उनले यातायात व्यवसायीहरुले चाबी नै बुझाएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने बताए ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले आफूहरुले उठाएको समस्या सम्बोधन गर्नुको साटो यातायात व्यवसायीहरुमाथि नै प्रहार भएको उनले बताए ।

तत्काल सरकारले समस्या समाधान नगरेमा सबै ट्रकको चावी सरकारलाई बुझाउने उनले बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्ष टिकाराम गैरेले खाता रोक्का हुँदा दुर्घटनामा परेकाहरुको उपचार र कार्यालय संञ्चालनका लागि पनि समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment