३१ भदौ, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।
यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।
‘आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘हाम्रा सबै माग संबोधनको विषय के-कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4