Comments Add Comment

मिर्गौलामा पत्थरी : कसलाई, किन र कसरी हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ ।

महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ?

कसलाई हुन्छ पत्थरी

– मिर्गौलामा पत्थरी हुनुका कुनै निश्चित कारण हुँदैन । यसका विभिन्न रिस्क फ्याक्टर हुन्छन् । मिर्गौलामा पत्थरी हुनुमा हावापानी, वातावरणलगायतका महत्वपूर्ण भूमिका हुन्छ ।

– मिर्गौलामा पत्थरी वंशाणुगत समस्या पनि हो । त्यसैले परिवारको कुनै सदस्यमा यस्तो समस्या छ भने उसको सन्तानमा यस्तो समस्याको सम्भावना अत्यधिक हुन्छ ।

– पत्थरीको समस्याबाट बच्न अत्यधिक नुनबाट पनि बच्नुपर्ने हुन्छ ।  नुनको बढी सेवनले पत्थरी बन्ने प्रक्रिया छिटो हुन जान्छ ।

– मोटोपनको समस्या पनि पत्थरीको कारण हो ।

– कतिपय मानिसले बढी मात्रामा माछा मासु र गेडागुको प्रत्योग अत्यधिक गर्छन् । जसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनको बढी प्रयोग पनि पत्थरीको अर्को कारण हो ।

– विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

– शरिरमा विभिन्न खालका संक्रमणहरु देखिने गर्छन् । बढी मात्रामा संक्रमण देखिन थालेको मिर्गौलामा पत्थरीको समेत सम्भावना हुन्छ ।

– मिर्गौलामा पत्थरी पर्नुको अर्को कारण पानीको कम सेवन पनि हो । त्यसैले प्रयाप्त पानीको सेवन गर्न जरुरी हुन्छ ।

– बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मीमा बढी समस्या

तुलनात्मक रुपमा गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ । यस्तो ठाउँमा बस्ने मानिसको शरिरबाट बढी पसिना वहने गर्छ ।

जसको कारण पिसाव पनि गाढा हुन जान्छ । जसको कारण शरिरबाट सबै फोहोर अर्थात विकार पदार्थ निस्कन पाउँदैन । बरु मिर्गौलामै थिगि्रएर बस्छ । जुन पत्थरको रुपमा विकास हुन्छ ।

पत्थरीका प्रकार

– क्याल्सीयम अग्जीलेट स्टोन,

– युरिक एसिड स्टोन,

– म्याग्नेशीयम स्टोन,

– सिस्टीन स्टोन  ।

कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

– पिसाव फेर्न गाह्रो हुनुका साथै पिसावमा रगतसमेत देखा पर्न थाल्छ ।

– मिर्गौलामा पत्थरी भएमा ज्वरो आउने, वाकवाक लााग्ने, वान्ता हुनेलगायतका लक्षण देखिने गर्छन् ।

कति खतरनाक ?

– मिर्गौलामा पत्थरी भएमा पिसाव नलीमा विभिन्न फोहोर अड्कीन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ ।

– मिर्गौलाको मुख्य काम भनेको खाएका विभिन्न पदार्थलाई फिल्टर गरी काम नलाग्ने पदार्थलाई पिसावको माध्ययमबाट वाहिर फ्याक्ने हो । तर, पत्थरीको समस्या भएमा फिल्टरिङ प्रोसेसमै समस्या देखिन थाल्छ । जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा पनि गम्भीर असर देखा पर्न जान्छ ।

– यसले हात खुट्टा सुनिने, शरिरका लागि हानिकारक टक्सीनहरु जम्मा भई कैयौँ शारिरिक समस्या निम्त्याउने गर्छ ।

मिर्गौलाका मुख्य काम

– मिर्गौलाको मुख्य काम भनको शरिरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने हो । त्यसैले मिर्गौला शरिरको निम्ति निकै महत्वपूर्ण हुन्छ ।

– यसले शरिरमा एसिड र बेसको सन्तुलन मिलाएर राख्ने गछै ।

– मिर्गौलाले एरिट्रो पोयटिन नामक तत्वको निर्माण गर्छ । जसले रगत निर्माणमा मदत गर्छ ।

– मिर्गौलाले रेनिन नामक तत्व पनि उत्पादन पनि गर्छ । जुन तत्वको काम शरिरको रक्तचापलाई सन्तुलनमा राख्ने हो ।

सुमेरु किड्नी अस्पताल, धापाखेल ललितपुरका युरोलोजिस्ट एण्ड किड्नी ट्रान्सप्लान्ट सर्जन यादवसँग कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment