Comments Add Comment

२३औं वार्षिकोत्सवमा वर्ल्डलिंकको अफरः ‘इन्टरनेट फरर, विदेश सरर’

२ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले दशैं-तिहार लगायतका चाडलाई लक्षित गरी ‘इन्टरनेट फरर, विदेश सरर’ नामक ग्राहक योजना ल्याएको छ ।

यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसिया लगायतका शहरहरुको भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

वल्र्ड लिंक कम्युनिकेशन्सले २३औं वर्ष पुरा गरेको अवसरमा भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो । यस्तै वल्र्डलिंकको इन्टरनेट खरिद वा नविकरण गर्दा समेत ग्राहकले भारी छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एकवर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।  यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेटअप बक्स सहित १२ महिना नेट टिभी -आइपी टिभी) प्राप्तगर्नेछन् ।

कम्पनीका देशभर २ लाख ४० हजार भन्दा बढी ग्राहक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment