Comments Add Comment

साराको भुतुक्कै बनाउने सुन्दरता

चलचित्र करिअर सुन्दरता र अभिनयले मात्र चम्किदैन । कतिपय समयमा भाग्यले पनि साथ दिन पर्छ । नायिका सारा सिर्पालीलाई भाग्यले मात्र साथ दिन बाँकी छ । उनको सुन्दरताले त धेरैलाई भुतुक्क नै बनाउँछ ।

चलचित्र ‘रुद्र र पिजडा ब्याक अगेन’मा काम गरेपछि साराले चलचित्र क्षेत्रमा दरिलो स्थान बनाउने अपेक्षा गरिएको थियो, तर त्यो पुरा भएन । अब उनी ‘सुश्री सम्पत्ती’को आशामा छिन् ।

साराको सुन्दरताले भने धेरैलाई आकषिर्त गर्छ । उनी, काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा पुग्दा उनको सुन्दरता र आकर्षक पहिरनले सबैको ध्यान खिचेको थियो । केही चलचित्र खेल्दै गर्दा सारा पहिरनमा पनि सजग हुन थालेको यसले प्रष्ट पार्छ । एउटा हिट चलचित्रले साराको करिअरमा उतारचढाव ल्याउनेमा त दुइमत छैन ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment