Comments Add Comment

ढल्की ढल्कीमा प्रियंका हाबी, तर तारिफ परमिताको

सोमबार सार्वजनिक भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हाबी छन् ।

भिडियोमा आयुष्मान र प्रियंकाको केमेष्ट्रीलाई बढी फोकस गरिएको छ । तर, दर्शकले भने भिडियोमा छोटो समय मात्र देखिएकी नायिका परमिता आर एल राणालाई अत्याधिक रुचाएका छन् ।

परमिताको स्टाइल, उनको अभिनय र पहिरनलाई दर्शकले सर्वाधिक मन पराएको युटुब कमेन्टबाट पनि वुझ्न सकिन्छ । भिडियोमा थोरै देखिएपनि परमिताले मन जितेको दर्शकको प्रतिक्रिया छ । यो चलचित्र कात्तिक १६ गतेबाट रिलिज हुँदैछ । माधव वाग्ले र शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा दिपेन्द्र के खनालको निर्देशन छ ।

चलचित्रमा परमिताको जोडीको रुपमा कलाकार सन्दिप क्षेत्री देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment