Comments Add Comment

भारतका कप्तान भन्छन्-मध्यक्रम मजबुत बनाउनुछ

२ असोज, काठमाडौं । भारतले आज हङकङविरुद्धको खेलबाट एसिया कप क्रिकेटमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । नियमित कप्तान बिराट कोहलीको अनुपस्थितिमा रोहित शर्माले टिमको कप्तानी सम्हाल्नेछन् ।

म्याच पूर्वको पत्रकार सम्मेलनमा रोहितले हङकङविरुद्धको म्याचमा केही परीक्षण गर्ने संकेत गरे । खासगरी मध्यक्रममा ।

केही समययता भारतीय ब्याटिङ टप अर्डरमा केन्दि्रत छ । मध्यक्रम थोरै लर्बराएको छ । मध्यक्रममा कसैले पनि आफ्नो स्थान मजबुत बनाउन सकेका छैनन् ।

रोहित भन्छन्, ‘हो, हामी मध्यक्रममा सेटल हुन सकेका छैनौं । यो ठाउँमा धेरै जनाले खेलिरहेका छन् । यो प्रतियोगितामा राम्रो खेलेर मध्यक्रममा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्न मौका छ ।’

भारतको ओपनिङ रोहित शर्मा र शिखर धवनले गर्छन् भने तेस्रो नम्बरमा बिराट कोहलीले खेल्छन् । यस प्रतियोगितामा विराटको स्थान केएल राहुलले लिने पक्का छ । तर चौंथो र छैटौं स्थानमा भने कसले खेल्ने प्रष्ट भएको छैन ।

ईंग्ल्याण्डमा सुरेश रैनाको असफलतापछि चौथो स्थानका लागि अम्बाति रायुडु, मनिष पाण्डे र दिनेश कार्तिकको दावेदारी छ । पाँचौ नम्बरमा महेन्द्र सिंह धोनीले खेल्दै आएका छन् । ६ नम्बरमा केदार जाधवको दावेदारी बलियो छ किनकी उनी अफस्पिन बलिङ पनि गर्छन् । उनको ‘लो आर्म एक्सन’ का कारण ब्याट्सम्यानहरु झुक्किन सक्छन् ।

रोहितले भने, ‘भविष्यका लागि हामीले मजबुत मध्यक्रम निर्माण गर्नुछ । हामी टिममा धेरै उथलपुथल ल्याउन चाहँदैनौ । कसैले पनि आफ्नो स्थानका बारेमा असुरक्षा महसुस गर्नु हुँदैन ।’

टिममा ल्याउने र हटाउने गरिराख्दा खेलाडीको मनोबल गिर्ने रोहितको भनाइ छ ।

बलिङतर्फं भारतले स्पिनरहरुलाई बढी प्रयोग गर्न सक्छ । यूएईको पिचले स्पिन बलरलाई बढि सहयोग गर्छ । भारतसँग कुलदीप यादव र एजुभेन्द्र चहलजस्ता वल्र्ड क्ल्ास स्पिनरहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment