Comments Add Comment

स्मार्ट किचेन टिप्सः गृहणीका लागि उपयोगी कुरा

आफ्नो भान्छालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सबै गृहिणीको लागि महत्वपूर्ण कुरा हो । किनभने भान्छासँग परिवारको स्वास्थ्य जोडिएको हुन्छ ।

भान्छालाई सफा सुग्घर राख्ने र भान्छामा आवश्यक सबै सामान मिलाएर राख्ने गरेमा हामीलाई भान्छामा काम गर्न सजिलो मात्रै हुँदैन हाम्रो भान्छामा पाक्ने खानेकुराहरु स्वस्थ पनि हुन्छ ।

हाम्रोमा अधिकांश गृहिणीहरुले भान्छाको सरसफाइलाई ध्यान दिँदैनन् । हुन त भान्छाको काम गृहिणीले मात्रै गर्नुपर्छ भन्ने पनि हुँदैन जसले गरेपनि हुन्छ तर भान्छा सफा र चिटिक्क बनाएर राख्नुपर्छ ।

यतिमात्रै होइन भान्छामा काम गर्दा सजिलो र छिटो काम गर्नको लागि केही स्मार्ट उपायहरु अपनाउन सकिन्छ । खानेकुराहरु कसरी भण्डारण गर्ने, कसरी खानेकुरा पकाउँदा छिटो र मिठो पकाउने भन्ने बारेमा केही टिप्स अपनाउनु भएमा त्यसले तपाईंलाई धेरै सजिलो बनाउँछ ।

यी टिप्सहरु अपनाउँदा समय मात्रै बच्दैन भान्छाको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निभाउँछ ।

-जुन प्लास्टिकको डिब्बामा खानपिनको चीजहरु छन् त्यो भन्दा बाहिर थोरै सर्स्ँयुको तेल लगाइदिनुहोस् । यसले कमिला त्यो डिब्बाबाट टाढा हुनेछ ।

-भान्छामा कमिला धेरै छ भने सिएफएल बत्तीको नजिकै एक दुई प्याज झुण्डाइदिनुहोस् यस्तो गर्नाले पनि किचमा कमिलाहरु कम हुन्छ ।

-यदि फ्रिजबाट दुर्गन्ध आइरहेको छ भने एउटा कागतीलाई दुई भागमा काटेर फ्रिजको अलग अलग ट्रेमा राखिदिनुहोस् । दुर्गन्ध गायब हुन्छ ।

-कालो चनालाई छिटो पकाउनको लागि उम्लिरहेको समय कुकरमा एक चिम्टि खाने सोडा राखिदिनुहोस् चना छिटो पाक्नेछ ।

-भाँडा बर्तन डढेमा त्यसमा चिया पत्ति वा पानी राखेर केही बेरको लागि छोडिदिनुहोस् त्यसपछि सफा गरेमा बर्तन चम्किनेछ ।

-अण्डा उसिन्न भन्दा पहिले पानीमा आधा चम्चा नुन राखिदिनुहोस् । यसले अण्डालाई उसिन्दा यो राम्रोसँग उसिनिन्छ र छोडाउँदा दुक्रँदैन ।

-दाललाई किराबाट बचाउनको लागि राख्ने भाँडोमा केही थोपा केस्टर तेल पनि राखिदिनुहोस् ।

-महिनामा एकपटक मिक्सरमा नुन राखेर चलाइदिनुहोस् । मिक्सरको ब्लेड लाग्ने हुन्छ ।

-दाल पकाउँदा कुकरमा दुई तीन टुक्रा सुपारी राखिदिनुहोस् । यस्तो गर्नाले दाल राम्रोसँग पाक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment