Comments Add Comment

काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट बालिँदै

३ असोज, काठमाडौं । महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि काठमाडौंमा थप ९ वटा चोकमा ट्राफिक लाइट जोडिने भएको छ । ९ वटा चोकमा १२ वटा लाइटहरु राख्न लागिएको सडक विभागले जनाएको छ ।

मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको विभागमा ट्राफिक इकाइ प्रमुख दीप बिरहीले जानकारी दिए । अब कतिपय चोकमा नयाँ लाइटहरु पनि राखिनेछन् । कामठााडैंमा कढ ीव्यवस्त हुो थापाथली, सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिनेछ ।

यसअघि एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्न खोजिएको थियो । तर, सफल भएन । स्मार्ट लाइट जडान नहुने भएपछि पुरानै ट्राफिक लाइटहरु मर्मत गर्न लागिएको हो ।

तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिनेछ । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउने योजना छ । यो कामका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको बिरहीले बताए ।

अहिले थापाथलीमा भने ट्राफिक लाइट मर्मतको काम सुरु भइसकेको छ । बाँकी चोकमा ट्राफिक लाइट जोड्न छिट्टै टेण्डर आह्वान गरिने बिरहीले बताए ।

गत कार्तिकमा काठमाडौं महानगर, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नयाँबानेश्वर र महाराजगञ्जको बत्ति मर्मत गरेर परीक्षण गरिएको थियो । नयाँबानेश्वरमा बत्ती मर्मत गर्न १५ लाख लाग्यो भने महाराजगञ्जमा २७ लाख । महाराजगञ्जको मर्मत खर्च काठमाडौं महानगरले व्यहोरेको थियो ।

बानेश्वर र महाराजगञ्जमा लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन केही सहज भएको छ । सडकका वत्तिहरु ०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडान गरिदिएको थियो । तर, पछिल्लो समय अधिकांश अलपत्र छन् । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ति बिग्रिएका छन् ।

‘सकेसम्म चाँडै लाइटहरु बाल्छौं,’ बिरहीले भने, ‘काठमाडौंमा सवारी जाम र व्यवस्थापनको कठिनाइ हटाउन यो काम तत्कालै गर्न जरुरी छ ।’

लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने माग महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक-पटक गरेको छ । लाइट नहुँदा आवश्कताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी आउ-जाउ व्यवस्थापनका लागि खटाइरहनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment