Comments Add Comment

यो गोदाममा राखिएको छ ४६ लाख किलो सुन

विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकासँग अथाह धनसम्पत्ति र सुन छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । अमेरिकासँग भएको अर्बौँ डलर मूल्यको सुनमध्ये ठूलो हिस्सा चाहीँ केन्टकीस्थित एक गोदाममा रहेको छ ।

केन्टकीको फोर्ट नक्सस्थित एक सैनिक अड्डा नजिकै रहेको बुलियन डिपोजिटरी भनिने सुन गोदाममा झण्डै ४६ लाख किलो सुन रहेको छ ।

सैनिक अड्डा सहितको उक्त सुन गोदाम १ लाख ९ हजार एकड क्षेत्रफलमा फैलिएको छ ।

गोदामघरको छत बम प्रतिरोधी रहेको छ भने भित्ताहरु बाक्लो ग्रेनाइटबाट बनाइउको छ । यसमा अत्याधुनिक सुरक्षाको प्रविधि रहेको छ । २४ सै घण्टा हेलिकप्टरबाट यसको निगरानी गरिन्छ ।

गोदामघरको ढोका नै २२ टनको रहेको छ । ढोकाहरुमा कुनै भोटेताल्चा होइन कोड लक सिस्टम रहेको छ । यो गोदामघर दुनियाको सबैभन्दा सुरक्षित भवन मध्येको एक हो ।

सायद सबैभन्दा सुरक्षित भएरै होला यस घरभित्र दुनियाका विभिन्न देशहरुले समेत आफ्ना बहुमुल्य सम्पत्ति राखेका छन् । युरोपका विभिन्न देशहरुले आफ्नो सुन मात्र होइन बेलायतको म्याग्नाकार्टाको सक्कल प्रति, बेलायतको राजाको गहना, अमेरिकी संविधानको सक्कल प्रति त्यहाँ संग्रहित रहेको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सन् १९३६मा यो भवन बनाएको थियो । यो स्थान अमेरिकाको ऐतिहासिक स्थानको राष्ट्रिय सूचिमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment