Comments Add Comment

हृवावेको नोभा थ्री र नोभा थ्रीआई थप दुई कलरमा अाउँदै

८ असोज, काठमाडौं । हृवावे नोभा सिरिजका दुईवटा स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्रीआई अब थप दुई रङ्गहरू रातो तथा पर्ल हृवाईटमा उपलब्ध हुने भएको छ । यी रङ्गहरूले स्मुथ डबल कर्भ ग्लास प्यानल भएको नोभा थ्री तथा नोभा थ्रीआईको आकर्षक डिजाइनहरूलाई थप आकर्षक बनाउने कम्पनी बताउँछ ।

रातो रङ्ग अग्रिम बुकिङका लागी असोज ४ देखि असोज ८ गतेसम्म उपलब्ध छ र यसकोे बिक्रि असोज १० गते देखि सुरु हुनेछ । नोभा थ्री रातो रङ्गमा किन्न इच्छुक ग्राहकहरुले हृवावेको आधिकारिक फेसबुक पेज र छानिएका हृवावे शपहरुबाट अग्रीम बुकिङ गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय बजारमा रातो रङ्गको नोभा थ्री निकै लोकपि्रय रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पर्ल हृवाईट रङ्गमा नोभा थ्री आई खरीद गर्न चाहने ग्राहकहरूका लागि पनि यो छिट्टै बजारमा उपलब्ध हुनेछ ।  यसअघि नोभा थ्री तथा नोभा थ्रीआई आइरिस पर्पल तथा कालो रङ्गमा उपलब्ध थियो । आइरिस पर्पलले धेरै मोबाइल प्रयोगकर्ताहरूको मन जितेको कम्पनीको भनाइ छ ।  नोभा थ्री को मूल्य ५९ हजार ९ सय रुपैयाँ छ भनेे नोभा थ्री आईको मूल्य ३८ हजार ९ सय रुपैयाँ छ ।

हृवावे नोभा थ्री तथा हृवावे नोभा थ्रीआई दुवैमा दुईवटा फ्रन्ट क्यामेराहरू २४ एमपी प्राइमरी क्यामेरा तथा २ एमपीको सेकेण्डरी क्यामेरा जडित छ । नेपाली बजारमा बिक्रि खुलेको केही दिनमा नै हृवावेको नोभा थ्री तथा नोभा थ्रीआईले ग्राहकहरूबाट अविश्वसनीयरुपमा निकै राम्रो प्रतिक्रिया पाउँदै यस वर्षकै सबैभन्दा बढी अग्रीम बुकिङ गरिएको स्मार्टफोनहरू बनेको कम्पनीको दावी छ ।

हृवावे नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपीआरजीबी सेन्सर जडान गरिएको छ । यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन पनि मद्दत गर्ने दावी गरिएको छ ।

हृवावे नोभा थ्रीआईमा शक्तिशाली रियर क्यामेराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ । उत्कृष्ट डिजाइन तथा आकर्षक रंग विकल्पहरूले हृवावेलाई फेसनेबल बनाएको विज्ञप्तिमा उल्लेख छ ।

दुवै स्मार्टफोनहरूमा पछिल्लो पुस्ताको विशेषताहरू छन् । ६ दशमलब ३ ईन्च एफएचडी (२३४०X१०८० ) १९.५:९ को फूलभ्यू, यी विशेषताहरुका कारण दुवै स्मार्टफोनहरूले ठूलो र स्पष्ट फोटोहरू खिच्ने र अघिल्ला संस्करणका स्मार्टफोनहरू भन्दा यी स्मार्टफोनहरू आकर्षक र पातलो पनि भएको कम्पनीको भनाइ छ ।

दुवैमा हृवावेका फोनहरूमा हुने प्रणाली-किरिन एसओसी जडान गरिएको छ । दुई एसओसीले हृवावेको आर्टिफिसियल इन्टेलिजेन्स क्षमतालाई वृद्धि गर्ने मात्र नभई सबैभन्दा अग्रणी ईमेज प्रोसेसिङ स्पीड तथा एकुरेसी छ, जसले प्रयोगकर्ताहरूलाई हाई-टेक अनुभव प्रदान गर्छ ।

हृवावे नोभा थ्रीमा उच्च प्रदर्शन गर्ने किरिन ९७० एसओसी जडान गरिएको छ, जसमा एआई टास्कहरू प्रोसेस गर्नका लागि न्यूरल प्रोसेसिङ यूनिट- एनपीयू पनि जडित छ । एनपीयूसँगै हृवावेको एचआई एआई मोबाइल कम्प्युटिङ आर्किटेक्चर किरिन ९७० ले एआई कम्प्युटेशनहरू अझ राम्रो बनाउँछ अनि ५० गुणा राम्रो प्रदर्शन गर्दछ साथै परम्परागत सीपीयूहरूभन्दा २५ गुणा राम्रो प्रभावकारिता रहेको छ ।

हृवावे नोभा थ्री आईमा भने किरिन ७१० एसओसी जडित छ, जुन हृवावेको पहिलो १२ एनएम चिप हो । यसमा सुधारिएको ईमेज सिग्नलप्रोसेसर-आइएसपी राखिएको छ, तथा भिडियो प्रोसेसिङका लागि डिजिटल सिग्नल प्रोसेसर- डीएसपी रहेको छ, जसकारण हृवावे नोभा थ्री आईमा उत्कृष्ट फोटो खिच्ने क्षमता प्रदान गर्दछ ।

त्यसैगरी, अझ स्थिर गेमिङ अनुभवका लागि, हृवावे नोभा थ्री तथा हृवावे नोभा थ्रीआई दुवैले ग्राफिक्स प्रोसेसिङ एक्सीलेटर प्रविधि-जीपीयू टर्बो सपोर्ट गर्दछ । साथै यी फोनहरूमा वेब एक्सीलेटर इञ्जिन जडान गरिएको छ, जसले भिडियो प्रोसेसिङ स्पीड बढाउँछ साथै इन्टरनेट भिडियोहरूको सहज तथा स्पष्ट प्ले-ब्याक गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment