Comments Add Comment

पोखरा पर्यटन परिषदको अध्यक्षमा पोखरेल

९ असोज, पोखरा । पोखरा पर्यटन परिषदको दशौं अधिवेशनले चिरञ्जीवी पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

सोमबार साँझ सम्पन्न अधिवेशनले पोखरेलको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

परिषदको उपाध्यक्षमा गोपीबहादुर भट्टराई, महासचिवमा डिल्लीप्रसाद गौतम र सचिवमा तारानाथ पहारी चयन भएका छन् ।

कृष्णप्रसाद भण्डारी, रामजि घिमिरे र रामचन्द्र शर्मा सदस्यमा चुनिएका छन् ।

परिषदमा कोषाध्यक्ष पद भने खाली राखिएको छ । परिषदको पहिलो बैठकले खाली रहेको कोषाध्यक्ष पदमा सदस्यमध्येबाट एक जनालाई मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

यसैबीच, नवनिर्वाचित अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा पोखराको पर्यटन थप मजबुत बनाउन भूमिका खेल्ने बताए । उनले पोखरालाई पर्यटनको राजधानी बनाएर अन्र्तराष्ट्रिय सहरको रुपमा विकास गर्न सके पोखरा आउने पर्यटकको संख्यामा वृद्धि ल्याउन सकिने भएकाले त्यसका लागि आफू लाग्ने प्रतिबद्धता जनाए ।

पोखरा पर्यटन परिषदमा पश्चिमाञ्चल होटल संघ, रेबान, टान, नाट्टालगायत पर्यटन सम्बद्ध १२ संघसंस्थाहरु आबद्ध छन् । पर्यटनका विभिन्न संघसंस्थामा अध्यक्ष भइसकेकाहरु मात्रै परिषदको कार्यसमितिमा रहने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment