Comments Add Comment

नयाँ शक्ति दक्षिण कोरियाको अध्यक्षमा जीवन

सोल, कोरिया । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनले जीवन साशंकरलाई अध्यक्षमा निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ५१ सदस्यीय कार्यसमिति र २१ सदस्यीय सचिवालयसमेत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्ष जीवन साशंकर, उपाध्यक्षमा नारायणी घर्तीमगर, डोलु आलेमगर, रमेश बजगाईं छन् । यसैगरी महासचिवमा यज्ञमुर्ति पोखरेल, सचिवमा विनय पाठक र भिष्मभिर छन्त्याल, कोषाध्यक्षमा नारायण गिरी छन् । प्रवक्ताको जिम्मेवारी सिताराम अछामीले पाएका छन् ।

अनुशासन विभागमा वुद्धि गुरुङ, सचिवालय सदस्यहरु प्रतीक बोहोरा, भिष्मराज मिश्र, शिव मरहट्ठा, सूर्य पाण्डे, लक्षितजङ्ग वाइबा, हेमनाथ खराल, दीपेन किरातीलगायत छन ।

‘अबको निकास समावेशी विकास, समृद्धि संभव छ हाम्रै पालामा’ भन्ने मुल नाराका साथ सुरु भएको अधिवेशन समारोहमा नयाँ शक्ति प्रवास प्रदेश प्रवक्ता सीपी ओली विशेष अतिथिको रुपमा सहभागी थिए ।

अन्य अतिथिहरुमा एनआरएन आईसीसी मेम्बर तथा नयाँ शक्ति पार्टी इन्जिनियरिङ एशोसिएसन केन्द्रीय सदस्य लोचन चाम्लिङ, आईएनएस कोरिया सल्लाहकार भक्त शेरचन, प्रवासी नेपाली मञ्चका महासचिव श्रमदीप चौलागाईं, जनसम्पर्क समितिका सहमहामन्त्री मित्रवन्धु काफ्ले, संघीय समाज कोरियकाा सचिव डि.बी. गुरुङलगायत थिए ।

अधिवेशन कार्यक्रममा उपस्थित सबै अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment