Comments Add Comment

प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै माइतीघरमा प्रदर्शन

१४ असोज, काठमाडौं । प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग गर्दै आदिवासी जनजाति समुदायको एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेवा ताम्सालिङ संघर्ष समितिको नाममा माइतीघरमा गरिएको प्रदर्शनका सहभागीले आदिवासी जनजाति समुदायको थातथलोलाई मान्यता दिँदै प्रदेश ३ को नामाकरण गर्न माग गरेका हुन् ।

उनीहरुले प्रदेशमा कम जनसंख्या भएका आदिवासी जनजातिको बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न पनि माग  गरेका छन् ।

प्रदर्शनमा सबै मातृ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा सबै मातृ भाषामा पठनपाठन गर्ने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिइएको छ ।

नेवार र तामाङ समुदायको थलोको रुपमा रहेको प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ प्रदेश राख्न माग गर्दै सरकारलाई दवाव दिन प्रर्दशन गर्नुपरेको समितिका संयोजक मोहन गोले तामाङले जानकारी दिए ।

नेवारी र तामाङ समुदायको परम्परागत भेषभूषामा आएका प्रदर्शनकारीले कम जनसंख्या भएको समुदायलाई विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment