Comments Add Comment

डा. भोला रिजालको टिप्सः मासिक स्रावको बेला असाध्यै पेट दुखेमा के गर्ने ?

किन दुख्छ ?

विशेष गरि प्रजनन् उमेरका  महिलामा  यस्तो समस्या आउने गर्छ । १३-१४ वर्ष पुगेको केटी मोन्छेको ग्लान्ड उत्पन्न हुन्छ । जुन ओभरीले ग्रहण गर्छ ।

यस्तो ग्लान्डलाई कन्जुम गरेपछि पाठेघरले स्ट्रेजोजन हर्मोन उत्पादन गर्छ । अनि प्रोजेस्टेरोन हर्मोनले काम गर्न थाल्छ । अनि ती महिलामा डिम्ब निस्कने काम हुन्छ ।

डिम्ब निस्कने क्रममा पाठेघरभित्र इन्डोमेटि्रयम हुन्छ । जहाँबाट रजश्वला हुन्छ ।

इन्डोमेटि्रयमले स्ट्रोजन हर्मोन बढाउने काम गर्छ । जव डिम्ब निस्कन्छ अनि प्रोजेस्टोरेनले काम गर्छ । यदि महिला गर्भवति छ भने त्यस्तो समयमा रक्तश्राव हुँदैन । तर, गर्भवति नभएको अवस्थामा यस्तो अवस्थामाा मानिसलाई पेट दुख्ने काम गर्छ ।

बढी पीडा किन हुन्छ ?

मासिक श्रावको समयमा कसै-कसैलाई अलि कम दुख्छ भने कसैलाई अत्याधिक । यस्तो हुनुमा महिलामा भएको पाठेघरको आकारमापनि निर्भर गर्छ ।

पाठेघरभित्र जुन रजश्वला हुने ग्रन्थी हुन्छ, त्यहाँभन्दा भित्र पनि अर्को भाग हुन्छ- मायोनेटियम । यो इन्डोमेटि्रयमको भित्री भागमा भएको ग्रन्थी हो ।

यसले पनि महिनावारीमा भुमिका खेलिरहेको हुन्छ । महिनावारीको समयमा मायानेटियमबाट पनि रक्तश्राव हुन्छ । तर, यहाँबाट बगेको रगत वाहिर निस्कदैन । त्यो रगत पाठेघरमै जमेर बस्छ । जसको कारण अत्याधिक पीडा हुने गर्छ । यहाँबाट जति बढी रगत बग्यो त्यति धेरै पीडा हुने गर्छ ।

के गर्ने ?

अति नै पीडा हुन्छ भने त्यसको लागि चिकित्सकसँगै जाँच गर्न जरुरी हुन्छ । यसलाई सामान्य प्रक्रियाको रुपमा लिएर हेलचक्र्याई गर्नु हुँदैन ।

दुखाई ठिकठिकै भएमा त्यति चिन्ता लिनु पर्दैन । सामान्य औषधीको प्रयोग बाट  पनि  ठिक हुन्छ । तर, कतिपय मानिस यसकै कारण वेहोस हुने, स्कुल/कलेज जानै बन्द गर्ने पनि गर्छन् । यस्तो समस्यमा भएमा डाक्टरसँग सम्पर्क गरेर उपचारमा जुट्न जरुरी हुन्छ ।

– यस्तो दुखाईमा अन्य शारीरिक  समस्याले पनि भूमिका खेलिरहेको हुन्छ । खासगरि पाठेघरको संक्रमण, मानसिक अवस्थालगायतका कारण पनि महिनावारीको समयमा अलि बढी पेट दुख्ने गर्छ । त्यसैले उचित  कारण थाहा पाउनका लागि सम्बन्धित चिकित्सकसँगै परामर्श गर्न जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment