Comments Add Comment

१० वर्षपछि समातिए खाग तस्कर

२२ असोज, चितवन । गैंडा मारेर खाग तस्करी गरेको आरोप लागेका एक अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार नवलपरासी कावासोती–१०, रतौलीका ईश्वरीप्रसाद महतोलाई पक्राउ गरेको हो ।

भारत बस्दै आएका महतो नेपाल आएको सूचनाका आधारमा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जले विगत ४५ दिनदेखि उनको पिछा गरिरहेको थियो ।

उनलाई नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो । महतो सो क्षेत्रमा दुई गैँडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ । महतोलाई १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको चार वर्ष बितिसकेको छ ।

अमलटारी क्षेत्रमा गैंडा मारेको अभियोगमा मुक्तिप्रसाद गुरौंसमेत सात जनाविरुद्ध मुद्दा दायर भएको थियो । तर, उनीसहित ५ फरार थिए । चार जना अझै फरार छन् । जरिवानाबापतको रकम नबुझाएमा महतोलाई ०९० असोज १७ गतेसम्म थुनामा राखिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उनलाई हाल भरतपुर कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment