Comments Add Comment

आँचलको हात किन खाली ?

चलचित्र ‘ब्ल्याक’मा काम गरेपछि नायिका आँचल शर्माले नयाँ कुनै पनि चलचित्र साइन गरेकी छैनन् । अझ यसो भनौ, अहिले आँचलको हातमा चलचित्र छैन । आँचल शर्माले केही समय अगाडि सोलो नायिकाको रुपमा मात्र काम गर्ने बताएकी थिइन् । तर, उनले भनेकी छिन्-‘मैले सोलो नायिकाको रुपमा मात्र काम गर्छु भन्न खोजेकी थिइनँ । केही चलचित्र सोलो गर्छु मात्र भनेकी थिएँ ।’

आँचलले नयाँ चलचित्रको बिषयमा भनिन्-‘मैले नयाँ चलचित्र साइन गरेकी छैन । अहिले ३ वटा चलचित्रको कथा पढिरहेको छु । २ वटा सायद गर्दिनँ होला, एउटा गर्ने संभावना छ । तर, फाइनल भैसकेको छैन ।’

आँचलले आफू चलचित्र खेल्नका लागि हतार नगर्ने समेत बताएकी छिन् । आफूले गर्ने भूमिकाले दर्शकलाई प्रभाव पारोस् भनेर आफू सचेत रहेको आँचलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment