+
+
Shares

नेपाली चेली सम्झनालाई एसिया युथ इनोभेटर अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १५:३१

२६ असोज, काठमाडौं । नेपाली चेली सम्झना खनाललाई एसिएन युथ इनोभेटर २०१८ अवार्ड प्रदान गरिएको छ ।

कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्झनालार्इ विश्वका वैज्ञानिकहरु उपस्थित १३ औ एसियन मेज कन्फरेन्समा यो अवार्ड प्रदान गरिएको हो । सम्मान कार्यक्रमा अमेरिकादेखि चीनसम्मका वैज्ञानिकहरुको उपस्थित थियो ।

एसिया महादेशकै कृषिभित्र रहेर मकै कसरी पुरक खाद्य तत्व हुनसक्छ भनी गरेको खोज अनुसन्धान र यस क्षेत्रमा दिएको योगदानको कदर स्वरूप यो अवार्डबाट सम्झना सम्मानित भएकी हुन् ।

खनालले स्नातक अध्ययन गर्दैगर्दा झापामा मकै उत्पादनमा नयाँ प्रविधि सम्बन्धी खोजको सुरुअत गरेकी थिएन। उनले पत्ता लगाएको प्रविधि मकै बालिमा प्रयोग गर्दा धेरै र पोषिलो उत्पादन भएको थियो ।

कृषिको अध्ययन र अनुसन्धान गर्ने क्रममा सम्झनाले विज्ञ टोलीलाई धेरै पटक गाउँगाउँमा पुर्याएकी थिइन् । सम्झनाले प्रविधिलाई सबैले आत्मसाथ गर्नुपर्छ भन्ने मान्यताले विभिन्न कार्यक्रम गर्दै कृषकहरुलाई प्रोत्सान गर्दै आएकी छन् ।

उत्कृष्ट अंक प्राप्त गर्दै कृषि संकायमा स्नातक पूरा गरेकी खनाल हाल थुप्रै सामाजिक सङ्घसंस्था आबद्ध रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?