Comments Add Comment

मेयरले सरकारी जग्गा हडपेको भन्दै संघर्षमा उत्रिए युवा

२९ असोज, सप्तरी । सरकारी जग्गा मेयरले व्यक्तिगत बनाएको भन्दै सप्तरीमा युवाहरुले छानबिनको माग गरेका छन् ।

बोदे बर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले सार्वजनिक जग्गालाई व्यक्तिगत बनाउन खोजेको भन्दै नगरपालिकाका विभिन्न पेशाकर्मी युवाहरु विरोधमा उत्रिएका छन् ।

नगरपालिका अन्तर्गतका इन्जिनियर, चिकित्सकसहितका पदका युवाहरुले मेयरले बदमासी गरेको भन्दै संघर्षमा उत्रिएका छन् । सात सदस्यीय संघर्ष समितिमा चार जना इन्जिनियर, एक जना चिकित्सक र दुई जना अन्य छन् ।

इन्जिनियर आलोककुमार यादव संयोजक रहेको संघर्ष समितिका सदस्यहरुमा इन्जिनियरहरु धनकिशोर साह, मिस्टर अशोककुमार साह, परबिनकुमार यादव, डा. विद्यानारायण यादव तथा अशोककुमार साह र कमलराज यादव छन् ।

यसरी व्यक्तिगत बनाउन खोजियो

साविकको बोदे बर्साइन गाविस १ र ७ मा रहेको जग्गा बर्तमान मेयर आतेशकुमार सिंह यादवले हडप्न खोजेको ती युवाहरुको भनाइ छ । मेयरका बुबा अनिरुद्व सिंह यादवको नाममा रहेको जग्गा विगतमा सार्वजनिक जग्गा रहे पनि अहिले उनीहरुले हड्प्न खोजेको युवाहरुको भनाइ छ ।

अनिरुद्वकुमार सिंह यादवको नाममा रहेको जग्गा अहिले आफ्नो नाममा नामसारी गरेर मेयरले हडप्न खोजेका छन् । ती जग्ग्ामा बषर्ाै पहिलेदेखि सार्वजनिक संरचना निर्माण गरिएपनि ती संरचना समेतलाई हड्प्न उनीहरु लागिपरेकाले आफूहरुलाई संघर्षमा उत्रनुपरेको युवाहरुको भनाइ छ ।

अनिरुद्वको नाममा रहेको किता नम्बर ६०९, ६१४ र ६१५ को जग्गामध्ये किता नम्बर ६०९ को २ कठ्ठा १० धुर जग्गामा दुईतल्ले घर २०२६ सालमा नै निर्माण भएको थियो । यही घरमा बोदे बर्साइन गाविसको कार्यालय रहँदै अहिले वडा नम्बर १ को कार्यालय संचालन भइरहेको छ ।

पञ्चायतकालमा नै यो भवन निर्माण भएपछि किता नम्ब्र ६०९ मध्येकै १ बिघा जग्गाको मूल्य अनिरुद्वप्रसाद यादवका बुवाले लिएको र आज/भोलि रजिष्ट्रेशन गरिदिने भन्दाभन्दै नगरेको दावी युवाहरुको छ । २०२६ सालदेखि २०४५ सालसम्म अनिरुद्वकै परिवारबाट गाविसको प्रधानपञ्च भई कामकाज गरेको र तैपनि जग्गा सरकारको नाममा नगरिएको भनाई उनीहरुको छ ।

तत्कालिन अवस्थामा रकम लिँदा उल्लेखित जग्गा पास गरिदिने शर्तनामाको कागज गराइएको र त्यो कागज गायव पारिएको उनीहरुले बताएका छन् । ‘एकै परिवारबाट लामो समय प्रधानपञ्च बनेपछि कागज दुरुपयोग हुनु स्वभाविक हो’ गठन भएको संघर्ष समितिका संयोजक आलोक यादवले भने, ‘लगातार एकै परिवारबाट मुखिया बनेपछि सामान्य सिद्वान्तले नै यस कुरालाई पुष्टि गर्दछ ।’

उक्त दुई बिघा जग्गामा पशु किनबेच गर्ने बजार सञ्चालन हुँदै आएको र त्यसका निम्ति जग्गामा भवनसमेत निर्माण गरिएको जुन अहिलेसम्म रहेको युवाहरुको भनाइ छ । यो जग्गामा पोखरी पनि निर्माण गरिएको र पोखरीलाई साविकको गाविसले टेण्डर निकालेर ठेक्का लगाउँदै आएको थियो । ‘ठेक्कावापत आएको रकम गाविसको खातामा जम्मा भइरहेको थियो’ संघर्ष समितिका संयोजक यादवले भने, ‘यो कुराहरुको प्रमाण सरकारी निकायमा अझै छ ।’

जग्गा मेरै हो : मेयर

युवाहरुले लगाएको आरोप वाइयात भएको मेयर आतेशले बताएका छन् । आफ्नो पुर्खाहरुको जग्गा रहेको र सोही जग्गालाई उपभोग गरेको उनको भनाई छ ।

‘आफ्नो पुर्खाको जग्गा हरेक सन्ततीले उपभोग गर्न सक्छन्’ उनले भने, ‘म पनि पुर्खाको सन्तति भएकाले जग्गाको उपभोग गरेको हुँ ।’ युवाहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment