Comments Add Comment

यसरी हुँदैछ बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह

अविवाहित बलिउड स्टार्सको चर्चा चल्दा सलमान खानसँग प्रियंका चोपडाको नाम अगाडि आउथ्यो । प्रियंका चोपडाको त लभ अफेयरको चर्चा पनि सामसुम भइसकेको अवस्था थियो । धेरैले अनुमान गरेका थिए, अब प्रियंकाले घरजाम गर्ने छैनन् ।

तर, यस्ता अनुमानलाई लोप्पा ख्वाउँदै प्रियंकाले एक अमेरिकन मुलका युवासँग खुलामखुला प्रेम गर्न थालिन् । ति युवा थिए निक जोनस, जो अमेरिकन गायक तथा अभिनेता हुन् । गीतकार र रेकर्डिस्ट पनि । घतलाग्दो कुरा भनिहालौं, उनको उमेर अहिले २६ बर्षको भयो । प्रियंका चोपडा ३६ बर्षकी । अर्थात आफुभन्दा १० बर्ष कान्छो युवासँग प्रियंकाको मन बस्यो । विभिन्न बलिउड इभेन्टमा एकसाथ देखिदै आएका उनीहरुले अन्ततः भव्य समारोहवीच मुम्बईमा इंगेजमेन्ट गरे । तर, विवाह कहिले गर्ने ? यसबारे टुंगो लागेको थिएन ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंका र निकले नोभेम्बर महिनामा लगनगाँठो कस्नेछन् । विवाहस्थल चाहि, जोधपुर । अब यस रोमान्टिक जोडीको विवाहको तिथी पनि तय भएको छ ।

रिपोर्ट अनुसार प्रियंका र निकको विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुनेछ । यो समारोह ३० नोभेम्बरबाट सुरु भएर २ डिसेम्बरसम्म चल्नेछ । यी रोमान्टिक जोडीले आफ्नो विवाहको सम्पूर्ण वन्दोवस्ती आफै गर्ने भएका छन् । स-साना कुरामा पनि उनीहरुले खुब ध्यान दिइरहेका छन् ।

भनिहालौं, प्रियंका र जोनसले यही बर्षको अगस्ट १८ मा इंगेजमेन्ट गरेका थिए । दुबैको भेट अघिल्लो बर्ष मेट गाला इभेन्टमा भएको थियो । त्यही बखत उनीहरुको मित्रता झांगिएको थियो । र, मित्रता प्रेममा बद्लिएको थियो । अब उनीहरु दम्पती हुनेछन् ।

प्रियंकाको प्रोफेसनल कुरा गर्ने हो भने, उनी चाडै फिल्म ‘द स्काई इज पिंक’मा देखिनेछन् । उनी लामो समयपछि यस फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment