+
+
Shares

तिलोत्तमामा औद्योगिक ग्राम स्थापनाको पहल

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३ गते ८:५५

३ कात्तिक, बुटवल । तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाको पहल थालेको छ । चालू आर्थिक वर्षमा मुलुकका १४० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको लक्ष्य छ ।

संघीय सरकारको लक्ष्यलाई साथ दिँदै तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा औद्योगिक ग्राम स्थापनाको लागि वजेट समेत छुट्टाएको छ ।

नगरमा साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न वडा नं. १० मा ‘तिलोत्तमा औद्योगिक ग्राम’ स्थापनको तयारी थालिएको हो ।

रोहिणी नदी पुलसँगै जोडिएको उत्तर तर्फको क्षेत्रमा औद्योगिक ग्राम स्थ्ाापना गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाले प्रस्ताव गरेको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आएको टोलीले निरीक्षण समेत गरेको छ । मन्त्रालयको टोलीमा सहभागी विज्ञ लक्ष्मण भट्टराईले नगरपालिकाले अघि सारेको जग्गा औद्योगिक ग्रामका लागि उपर्युक्त रहेको बताएका छन् ।

औद्योगिक ग्रामको अवधारणा साना उद्योगहरुका लागि हो । साउन दोस्रो साता रुपन्देही आएको टोलीले सो क्षेत्रको अवलोकन/निरीक्षण गरेको थियो । सडक तथा विद्युत्को पहुँच रहेको सो स्थान रोहिणी नदीको उकास क्षेत्र हो ।

त्यहाँ हाल केही बुट्यान छन् । औद्योगिक ग्राम स्थापनका लागि यो क्षेत्र उपयोगी रहेकालेे वडाले पूर्ण सहयोग गर्ने वडा अध्यक्ष व्यासमुनि चौधरीले बताए ।

वडाध्यक्ष चौधरीका अनुसार रोहिणी नदीलाई व्यवस्थित गर्दा २८/३० बिगाहा जग्गा व्यवस्थापन गर्न सकिन्छ । यो स्थान नजिकैं बहुउपयोगी रोहिणी जलाशय निर्माणको काम पनि भईरहेको छ ।

यो स्थान सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्डको मंगलापुरबाट पुर्व तर्फ मंगलापुर-कान्छीबजार-रोहिणी सडकमा पर्दछ । मंगलापुरबाट सो स्थानको दुरी झण्डै ७ किलोमिटर छ ।

नगरपालिकाले विश्व बैंकको सहयोगमा मंगलापुर-कान्छीबजार-रोहिणी सडक विस्तार तथा सुधार योजना समेत अघि बढाएको छ ।

‘औद्योगिक ग्राम स्थानपना गर्न हामीहरुले आवश्यक प्रक्रिया अघि बढाएका छौं । यसमा संघीय सरकारको पनि सहयोग हुनेमा हामीहरु विश्वस्त छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने ।

नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा उद्योग क्षेत्र शीर्षकमा एक करोड २१ लाख रकम विनियोजन गरेको छ ।

यसका अतिरिक्त असल औद्योगिक वातावरणका लागि आर्थिक ऐन मार्फत कर छुटको समेत व्यवस्था नगरपालिकाले गरेको छ ।

न्यूनतम १० जना नगरबासीलाई रोजगारी दिने उत्पादनमूलक उद्योगहरु चालु वर्षमा सुरु भएमा आगामी ३ वर्षसम्म लाग्ने व्यवसायिक करमा २० प्रतिशत छुट दिने, कम्तीमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक चालु उद्योगको नाममा रहेको जमिनमा लाग्ने सम्पत्ति करमा १५ प्रतिशत छुट, अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग/व्यवसायहरुमा तोकिएको करमा ५० प्रतिशत छुट दिने नीति नगरपालिकाले अवलम्वन गरेको छ ।

‘उद्योगमैत्री वातावरण निर्माणका लागि नगरपालिकाले हरसम्भव प्रयास गरिरहेको नगर उप-प्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । नगरपालिकाले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्न विषयगत तालीमलाई एकीकृत अवधारणा अनुसार नियमित रुपमा सञ्चालन गर्न वडा नंं २ र १५ वडा कार्यालयलाई ‘तिलोत्तमा नगर तालिम केन्द्र’ को रुपमा विकास गर्ने नीति लिएको छ ।

नगरपालिकाबाट प्रदान गरिने तालिमहरुलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष न्यूनतम ५०० जना युवा/युवातीलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?