+
+
Shares

बर्दिवासमा सुमोको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ४ गते ९:३०

४ कात्तिक, महोत्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवासमा शनिबार टाटासुमोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बर्दिवासबाट सर्लाहीतर्फ जाँदै गरेको ना.१ ज २९०२ नम्बरको टाटासुमोको ठक्करबाट धनुषा मिथिला नगरपालिका ८ बस्ने भैरवबहादुर हेन्जनको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका-१ मा टाटासुमोले सोही दिशामा बाटो हिँडिरहेका पैदल यात्रु हेन्जनलाई ठक्कर दिदा जनाको ज्यान गएको हो ।

ठक्कर दिने टाटासुमो र चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?