Comments Add Comment

आजका पत्रपत्रिकाः ५ हजार थान अमेरिकी राइफल किन्दै सेना, एउटैको मूल्य २ लाख

६ कात्तिक, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि सबैजसोको प्राथमिकतामा नेकपा सचिवालय बैठक परेको छ ।

सोमबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र प्रदेश कमिटीबारे यसअघि पार्टीले गरेको निर्णय यथावत् राख्ने भनेर गरेको निर्णयलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर लेखेका छन् । पत्रपत्रिकाहरुले प्रवक्ताबाट नेता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएकोलाई पनि नछुटाइकन छापेका छन् ।

पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा सवारी दुर्घटना ३ वर्षयताकै बढी भएको, नेपाली सेनाले अमेरिकी राइफल भित्र्याउने तयारी गरेको, विश्वकप ट्रफी यसै साता नेपाल ल्याइने भएकोलगायत खबर छन् ।

नयाँ पत्रिका दैनिकले प्रदेश २ को प्रहरी ऐन विवादमा परेकोलाई मुख्य समाचार बनाएको छ । प्रदेश २ ले गत २७ असोजमा प्रदेश प्रहरी ऐन पारित गरेको थियो । ऐन आएपछि प्रदेश सरकार प्रहरी भर्नामा जुटेको छ । तर संघीय प्रहरी ऐन नआउँदै प्रदेश प्रहरी ऐन बन्नु संविधानविपरीत रहेको संघीय सरकारको भनाइ छ ।

नयाँ पत्रिका लेख्छ– संघीय प्रहरी ऐन नबन्दै प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याएपछि संघीय सरकार असन्तुष्ट बनेको छ । प्रदेशले बनाएको कानून संविधानविपरीत भएको गृहको दाबी छ ।

नयाँ पत्रिकामै भूकम्पले भत्काएका ४ हजार विद्यालयको पुनर्निर्माण सम्पन्न भएको, आजदेखि निजी कम्पनीले पनि स्मार्ट लाइसेन्स छाप्ने भएकोलगायत खबर छन् ।

नागरिकले करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइसबिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेको लेखेको छ ।

अन्नपूर्णले अन्तर प्रदेश परिषद् बैठक बस्न नसक्दा प्रदेश र संघबीच विवाद बढ्दै गएकोलाई मुख्य समाचार बनाएको छ । नेपाली सेनाले अमेरिकी राइफल एम–१६ हतियार ५ हजार थान भित्र्याउन लागेकोलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ पहिलो पृष्ठमा कभरेज गरेको छ । समाचार अनुसार एक थान राइफलको मूल्य २ लाख रुपैयाँ छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल किन्न लागिएको हो । समाचार अनुसार यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागिएको हो ।

राजधानीमा सवारी दुर्घटना ३ वर्षयताकै बढी भएको खबर छ भने गोरखापत्रले काठमाडौं उपत्यकालाई मेट्रोसिटी बनाउन जनप्रतिनिधिले दिएको सुझावलाई एंकर बनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment