Comments Add Comment

यल कप ब्याडमिन्टन शनिबारदेखि

१० औं यल कप ब्याडमिन्टन प्रतियोगिताशनिबारदेखि हुने भएको छ । पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु शंखमुल प्लानिङ्गमा खेलाइनेछ ।

१७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष युगल, भेट्रान्स -४५ बर्षमाथि), मिक्स युगल र यू- १५ छात्रतर्फ प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा करिव २०० खेलाडीहरुको सहभागिता रहने अध्यक्ष सानुकाजी महर्जनले जानकारी गराए ।

करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजार पाउने छन् ।

यस्तै भेट्रान्सतर्फ १५, १० र ५ तथा मिक्स युगल र यू- १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment