Comments Add Comment

दिशाले अस्विकार गरिन् अक्षयसँगको फिल्म

बलिउडमा नायिका दिशा पटानीको छुट्टै पहिचान बनिसकेको छ । यो बर्ष रिलिज भएको चलचित्र ‘बागी २’पछि दिशालाई बलिउडका ठूला ठूला चलचित्रको अफर आइरहेको छ । तर, उनी यसै काम गर्ने मनस्थितीमा भने छैनन् । यसैले पनि उनले अफरलाई स्विकार गर्न हतार गरेकी छैनन् ।

हालै मात्र उनलाई बलिउडका सफल निर्देशक आर बल्कीले एक चलचित्रमा अफर गरेका थिए । आर बल्कीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा नायक अक्षय कुमार मुख्य भूमिकामा छन् । तर, दिशाले यो चलचित्रको प्रस्ताव अस्विकार गरिदिएकी छिन् ।

अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र दिशाले अस्विकार गर्नुको मुख्यकारण, यसका कलाकार हुन् । यो चलचित्रमा विद्या बालन मुख्य भूमिकामा छिन् । साथमा, अन्य ३ नायिकाको समेत चलचित्रका विशेष भूमिका छ । दिशाका लागि तीनै ३ मध्ये एक भूमिकाका लागि अफर गरिएको थियो । उनले धेरै नायिका भएको चलचित्रमा काम गर्दा आफ्नो काम देखाउन नसक्ने सोचेर यो चलचित्र नगर्ने जानकारी आर बल्कीलाई दिएकी हुन् ।

उनै, दिशाले हालै मात्र नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’मा विशेष भूमिका निर्वाहा गरेकी छिन् । यो चलचित्रमा छोटो भएतापनि अहम् भूमिका भएकाले उनले काम गरेको भारतीय मिडियाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment