नेपाली चलचित्रका थोरै मात्र चर्चित गीतमा पर्छ, ‘अल्लारे’को ‘रातो टिका निधारमा’ । नेपाली चलचित्रका सर्वाधिक चर्चित जोडी राजेश हमाल र करिश्मा मानन्धरले यो गीतमा नृत्य गरेका छन् । यस्तै, केही चलचित्रले यी दुइलाई सर्वाधिक रुचाइएको जोडी पनि बनाएको हो ।
अब, यही गीतको सानो टुक्रा सापटी लिएर निर्देशक अशोक शर्माले ‘रातो टिका निधारमा’ बनाउन लागेका छन् । यो चलचित्रका लागि कलाकार कोही पनि फाइनल छैनन् । यो चलचित्रलाई २ पुस्ताको कथामा निर्माण गरिनेछ ।
अशोक शर्माले यो चलचित्रमा ‘रातो टिका निधारमा’ गीतको रिमेक समेत तयार गर्दैछन् । यसैले, अहिले यो चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरको जोडी देखिन्छ कि देखिदैन भन्ने कौतुहलता उब्जेको छ ।
यो चलचित्रमा राजेश र करिश्माको जोडी देखिएन भने अपुरो लाग्न सक्छ । अशोक राजेश र करिश्मालाई पुरानो पुस्ताको रुपमा देखाउने तयारीमा रहेको वुझिएको छ । चलचित्रका लागि अहिलेको चल्तीका एक नायक र नायिका राख्ने उनको तयारी छ । संभवत, राजेश र करिश्मा उनीहरुको बाबु-आमाको भूमिका देखिनेछन् । तर, अहिले कुनै पनि कुरा फाइनल भएको छैन ।
राजेश र करिश्माको जोडी ‘रातो टिका निधारमा’मा देखिएको खण्डमा त्यो दर्शकका लागि पनि उत्साहको बिषय बन्नेछ ।
प्रतिक्रिया 4