Comments Add Comment

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने

१६ कात्तिक, बुटवल । बुटवलको अमरपथमा दीपावली महोत्सव हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिले ११ औं संस्करणको महोत्सवको तयारी तीब्र पारेको छ ।

११ औं अमरपथ दीपावली महोत्सवमा सांस्कृतिक कार्यक्रम, ५ देखि २० प्रतिशतसम्मको छुट दिइने समितिका अध्यक्ष गकुल विश्वकर्माले बताए ।

तीन दिने उक्त महोत्सव कात्तिक २० देखि २२ सम्म हुनेछ । अमरपथलाई गुल्जार बनाउन र संस्कृतीको रक्षाका लागि कार्यक्रम गरिएको राजेन्द्र ध्वजूले बताए ।
आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन गरी दीपावली महोत्सवलाइ सफल बनाउन आग्रहसमेत गरिएको छ ।

महोत्सवको प्रदेश ५ का वन वाताबरण तथा उद्योग पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको रामकुमार रणपालले बताए ।

दीपक विश्वकर्मा, महेन्द्र भारी, लगायतले बोल्दै महोत्सवले संस्कृतीको जर्गेना गर्न मदत पुग्ने विश्वास ब्यक्त गरे ।

अमरपथमा रहेका ५० जना ब्यबसायीहरुले ४ लाख उठाएर महोत्सव संचालन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment