+
+
Shares

भैरवकुण्ड हाईड्रोपावरको सेयरलाई इक्राको कमजोर रेटिङ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १७:५०

१९ कात्तिक, काठमाडौं । भैरवकुण्ड हाईड्रोपावर लिमिटेडले जारी गर्न लागेको ३१ करोड ८३ लाख २८ हजारको प्राथमिक निष्कासनलाई इक्रा नेपाल लिमिटेडले कमजोर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको प्राथमिक निस्काशनलाई इक्राले कमजोर आधारहरु जनाउने इक्राएनपी–आईपीओ ग्रेड–५ प्रदान गरेको हो । इक्रालेले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ ।

ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + ९उगिक० चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ । कम्पनीकोआधारहरु सम्बन्धी राय ब्यक्त गरीएका आईपीओ ग्रेडलले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउदैन । साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेकोटिप्पणी पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?