+
+

मूलपानी क्रिकेट मैदानमा दिउँसै बालिका बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते २:२४

२१ कात्तिक, काठमाडौं । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बुधबार दिउँसै बालिका बलात्कृत भएकी छन् । दिउँसो १२ बजेतिर क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका प्रहरीले बताएको छ ।

कागेश्वरी मनहरा नगरपालिका ७ मा पर्ने उक्त क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिए । घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

घटनाको बारेमा स्थानीय र बालिकाको अभिभावकले जानकारी दिनेवित्तिकै मनहरा प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त वौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बालिकाको पनि बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?