+
+
Shares

मुक्ति अभियान अझै पुरा भएको छैनः वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते ९:२०

२२ कात्तिक, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले शंखधर साख्वाले थालेको मुक्ति अभियान अझै पूरा नभएको बताएका छन् । उनले यसलाई अझै सशक्त बनाउनु पर्ने आवश्यकता औंल्याए ।

‘शंखधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान अझै पूरा भएको छैन’, नेपाल संवत् ११३९ को शुभकामना दिँदै उनले भने, ‘यसलाई अझै सशक्त रुपमा अगाडि बढाउन जरुरी छ ।’

राजा, महाराजाको वा व्यक्तिबाट नभई देशको नामबाट साख्वाले संवतको नाम राखेको भन्दै उनले यो गौरवको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?