Comments Add Comment

निर्मला पन्तको विषय सरकारविरुद्धको षड्यन्त्र : नेता मण्डल

२५ कात्तिक, सप्तरी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले निर्मला पन्तको विषय उचालेर सरकारविरुद्ध षड्यन्त्र भइरहेको बताए ।

सप्तरीमा नेकपाले छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले निर्मला पन्तको विषय सरकारलाई फेल गराउने हिसाबले आएको जिकिर गरे ।

‘निर्मला पन्तको हत्या बिषयलाई लिएर सरकारबिरुद्व जुन तरिकाले षडयन्त्र भइरहेको छ यो कुन मानसिकता हो ?’ उनले भने ‘यो कुनै न कुनै हिसावले दुई तिहाईको सरकालाई फेल गर्न लागेको षडयन्त्र हो ।’

सरकार निर्मला पन्तको हत्यारालाई संरक्षण नगरेको बताउँदै २ नम्बर प्रदेशका सांसद समेत रहेका उनले हत्यारालाई कुनै पनि हिसाबले सरकारले पत्ता लगाउने बताए ।

२००६ सालदेखि कम्युनिष्ट पार्टीले सामन्तवादविरुद्व लडिरहेको बताउँदै उनले कुनै लडाई एक जुट भएर नलडेसम्म कोही पनि सफल बन्न नसक्ने बताए । कार्यक्रममा नेकपामा २ नम्वर प्रदेशका सह इन्चार्ज शिवनाथ साहले नेपाल कम्युनिष्ट पाटी भौतिकवादी रहेको भन्दै अहिलेको सरकारको एक वर्ष नबित्दै असफल बनाउने षडयन्त्र सुरु हुनु ठीक नभएको बताए ।

अहिलको सरकार देशलाई समृद्विको दिशातर्फ लैजाने सोचमा रहेको भन्दै उनले सरकारले कानूनलाई विशेष रुपमा ध्यान दिदै अगाडि बढि रहेको दावी गरे ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले कम्युनिष्ट पार्टीमा आन्तरिक विवादका कारण कमजोर रहे पनि २ नम्बर प्रदेशमा हाबी भइसकेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment