+
+
Shares

लगानी कोषको कार्यकारी निर्देशकमा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते ११:२०

२६ कात्तिक, काठमाडाैं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले नेपाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।  कोषको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरिएको थियो ।

अर्थमन्त्रालयले गठन गरेको छनौट समितिले नेपासहित कपिल ज्ञवाली र शेषरमण आचार्यलाई सिफारिस गरेको थियो ।

सिफारिस भएका ३ जना मध्येबाट नेपाललाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट सेवा निवृत भएका व्यक्ति हुन् । कोषका तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले पदबाट राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?