२८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक बुधबार ०.०८ प्रतिशत अर्थात ० दशमलव ९८ अंकले मात्रै बढेको छ । कारोबार भने मंगलबारको तुलनामा ओरालो लागेको छ । मंगलबार २ हजार ७ सय ६९ कारोबार भएको थियो तर, बुधबार भने त्यसबाट घटेर २ हजार ६ सय २८ वटामात्रै कारोबार भएको छ ।
कारोबार रकममा भने झिनो सुधार देखिएको छ । दिनभरमा भएका २ हजार ६ सय २८ कारोबार कारोबारबाट विभिन्न कम्पनीका ७ लाख ८५ हजार ९ सय ९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १७ करोड ८३ लाख ८० हजार ९ सय ३७ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाँको कारोबार भएको थियो । अनलाइन कारोबार प्रणाली शुरुवात भएको दिनदेखि नै ओरालो लागेको सेयर बजारमा मंगलबारदेखि सुधार आएको हो । तिहार बिदा हुनु एकदिन अघि उद्घाटन गरिएको अनलाइन प्रणालीले कारोबारमै समस्या देखिएको थियो भने सेयर बजार समेत ओरालो लागेको थियो ।
कारोबारमा व्यापक समस्या देखिए पछि लगानीकर्ताहरुले सोमबार नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई नै भेटेर अनलाइन प्रणाली व्यवस्थित गर्न चेतावनी दिएका थिए । लगानीकर्ताले चेतावनी दिएको भोली पल्ट नै मंगलबार सेयर बजारमा करिब १४ अंकको वृद्धि देखिएको थियो । तर, बुधबार सो अनुसार बजार बढ्न सकेन ।
प्रतिक्रिया 4