+
+
Shares

पेशागत जीवनमा सफलता पाउने चार मन्त्र

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १५:५६

हरेक मानिसको जीवनका दुई पाटो हुन्छन् । एउटा व्यक्तिगत र अर्को पेशागत ।

जीवनयापनका लागि हरेक मानिसले कुनै न कुनै पेशामा आफूलाई संलग्न गराउनैपर्छ । आफ्नो पेशामा समर्पित भएर लाग्नेले नै सफलताको सिँढी चढ्न सक्छ । तर, हरबखत कामको बारेमा मात्रै सोच्ने बानीले निजी जीवनमा नकारत्मक असर पर्न सक्छ । त्यसैले निजी र व्यवसायिक जीवनलाई सन्तुलनमा राखेर अघि बढ्नु अत्यन्त महत्वपूर्ण छ ।

निजी र कामकाजी जीवनलाई व्यवस्थित राख्ने चक्करमा कोही मानिसहरु दुवैतिर असफल पनि हुन्छन् । यसलै खुसी रहनको लागि निजी र व्यावसायीक जीवनलाई कसरी सन्तुलनमा राख्ने भनेर जान्नु महत्वपूर्ण छ ।

व्यावसायिक जीवनलाई व्यवस्थित गर्न अपनाउनुहोस् यी तरिका

१. आफ्नो परिस्थिति खोल्नुहोस

काम गर्ने क्रममा यदि तपाईंलाई छुट्टी चाहिन्छ वा कुनै दिन अफिसबाट छिटो घर जान चाहनुहुन्छ भने आफ्नो हाकिम वा बोसको अगाडि आफ्नो समस्या खुलेर राख्नुहोस् । उनीहरुलाई वास्तविक समस्या बताउनुहोस् ।

यदि तपाईं हाकिम रिसाउँछन् भन्ने सोचेर वा डराएर कुरा लुकाउनुहुन्छ भने पुरै दिन यही कुरा सोचेर तपाईं राम्रो काम गर्न सक्नुहुन्न । यसैले आफ्नो परिस्थितिको बारेमा आफ्नो सिनियरसँग खुलेर कुरा गर्नुहोस् ।

२. आफ्ना सीमाहरु थाहा पाउनुहोस्

काम गर्दाको समय तपाईंले आफ्ना सीमाहरुको विषयमा जानकारी राख्न जरुरी छ । अफिसमा काम गर्दा यो अत्यन्त आवश्यक हुन्छ । काम गर्दा सँधै समय व्यवस्थापन गर्न सिक्नुपर्छ ।

यस्तोमा कम महत्वपूर्ण काम जस्तै पार्टी, प्लानिङ, भेटघाट आदीलाई तपाईं केही समय पछि सार्न सक्नुहुन्छ । कामको महत्व र आवश्यकता निश्चित गरेर आफ्नो सीमाभित्र रही कार्यसम्पादन गर्नुहोस् ।

३. प्राथमिकता निर्धारण गर्नुस

काम गर्दा आफ्नो प्राथमिकता निर्धारण गर्नुहोस् । कुनै पनि काम राम्रोसँग समयमै सम्पन्न गर्नको लागि तपाईंले समयमै त्यसलाई सुरुवात गर्नुपर्छ । यसो गर्दा तपाईंलाई दबाब पर्दैन ।

४. नहड्बडाउनुस

स्वस्थ र सुखी जीवन जीउनको लागि तपाईंले जीवनको शान्तिलाई बुझ्नुपर्छ । कुनै पनि काम गर्दा शान्त रहनुहोस् र ठन्डा दिमागले सोच्नुस । काम गर्दै जाँदा हुने कुनै पनि गल्ती, कमीकमजोरीमा नहड्बडाउनुहोस् । कामलाई खुसी भएर गर्नुहोस् । यसो गरेमा काम राम्रोसँग गर्न पाउनुहुन्छ र तपाईलाई थकान महसुस पनि हुँदैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?