Comments Add Comment

बुबा बिरामी हुँदा दुब्लाइन् निरुता, भनिन्–‘अब निरन्तर फिल्म खेल्छु’

नेपाली चलचित्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका निरुता सिंह फेरि नेपाल आएकी छिन् । मुम्बइमा बसोबास गर्दै आएकी निरुता चलचित्र ‘दाल भात तरकारी’को छायांकनका लागि नेपाल आएकी हुन् । किरण केसीको निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन मंसिर १ गतेबाट सुरु हुँदैछ ।

निरुताले वैशाखमा नेपाल आउँदा चलचित्र ‘नाई नभन्नु ल ५’मा पनि केमियो भूमिका निर्वाहा गरेकी थिइन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै निरुताले भनिन्–‘म त मदनकृष्ण दाई, हरिवंश दाइको सानैदेखि फ्यान हुँ । उहाँहरुसँग काम गर्ने सपना पहिलेदेखि नै थियो । अहिले आएर पुरा हुँदा अत्यन्त खुशी छु ।’

निरुता यो चलचित्रमा कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बिषयमा निरुताले भनिन्–‘अब त लगातार काम गर्छु । विचमा केही पारिवारिक समस्या आएको थियो । समस्याको समाधान गरेर म नेपाल आएकी हुँ । अब, निरन्तर चलचित्र खेल्छु ।’

निरुताले बुबा बिरामी भएकै कारण चलचित्र ‘लभ स्टेशन’ समेत छाडेकी थिइन् । निरुता विमानस्थलमा आइपूग्दा दुब्लो देखिइन् । उनले भनिन्–‘बुबा बिरामी हुँदा धेरै नै दौडधुप भयो । जसलेगर्दा म दुब्लाएँ । अहिले त धन्न फेरि मोटाएकी छु । पहिले त साह्रै दुब्ली भएकी थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment