+
+
Shares

निरुता सिंहले पुनरागमन गर्न लागेको फिल्म ‘सारथी’को प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री निरुता सिंहको कमब्याक फिल्म ‘सारथी’ ११ मंसिरदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ।
  • निरुता ७ वर्षपछि अभिनयमा फर्किन लागेकी हुन्, र उनको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ सन् २०१९ मा प्रदर्शन भएको थियो।
  • कुमार गजुरेल निर्देशित फिल्म म्याग्दीको उत्तरी हिमाली गाउँ गुर्जामा खिचिएको हो।

काठमाडौं । अभिनेत्री निरुता सिंहको कमब्याक फिल्म ‘सारथी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ११ मंसिर (२७ नोभेम्बर) देखि देशब्यापी प्रदर्शनमा आउने जनाइएको छ ।

यो फिल्मबाट निरुता ७ वर्षपछि अभिनयमा फर्किन लागेकी हुन् । उनको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।

कुमार गजुरेल निर्देशित फिल्मको यसअघि पहिलो झलक सार्वजनिक भएको थियो । जसले कथाप्रति कौतुहलता बढाउने देखिन्छ । प्रदर्शन मिति घोषणा भएसँगै फिल्मले प्रचारप्रसारलाई तीव्रता दिने भएको छ ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुकर्तामा तारा थापा छन् । म्याग्दीको उत्तरी हिमाली गाउँ गुर्जामा फिल्म खिचिएको हो ।

फिल्ममा कुनैबेलाको हिट फिल्म ‘दर्पण छायाँ’को जोडीलाई देख्न पाइनेछ । उत्तम प्रधानले पनि अभिनय गरेका छन् । मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धीरेन कार्कीको अभिनय छ ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी लगानीकर्ता हुन् । बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?