Comments Add Comment

संचिता र सुभाषको ‘गुनगुन’ हलमा

पुकार भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘गुनगुन’ आजबाट रिलिज भएको छ । देशभरका ५० हलमा चलचित्र रिलिज भएको निर्माणपक्षले बताएको छ । निर्देशक भट्टराई र कलाकारको टिम हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले बताएको छ ।

पारिवारिक प्रेम कथामा बनेको यो चलचित्रमा निर्देशक भट्टराईसँगै संचिता लुइँटेल , सुवास मेचे, रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन र सौरभ लामाको छायांकन छ । हलमा दर्शकको उपस्थिती उत्साहजनक नभएपनि वर्ड अफ माउथ राम्रो भएको दाबी यसका निर्देशकले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment