Comments Add Comment

तनहुँमा सुरु भयो आदिवासी जनजाति महोत्सव

३० कात्तिक, तनहुँ । तनहुँमा शुक्रबारदेखि तेस्रो आदिवासी जानजातिसाँस्कृतिक एवं पर्यटन महोत्सव सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजना र विभिन्न जातीय संघ संगठनहरु सहआयोजक रहेको सो महोत्सवमा आदिवासी जनजाति समुदायको भेषभुषा, संस्कृति, रितिरिवाजको प्रदर्शनी विशेष आकर्षण हुने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरे । महोत्सवका अतिथि एवम् दर्शकलाई स्वागत गर्न दमौलीको सफा सडकलाई रङ्गीचङ्गी ध्वजापतकाले सिंगारिएको छ ।

यस्तै महोत्सव स्थलमा विभिन्न जातजातिको परम्परागत नमुना घरहरु विशेष आकर्षणका रुपमा सजाइएको छ । ‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने नाराका साथ आयोजित महोत्सवबाट हुने मूनाफाले आदिवासी जनजातिको जीवन्त संग्राहलय बनाउने मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।

महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकषिर्त गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

महोत्सव संयोजक बषुन्धरा घर्तीले तनहुँ जिल्लामा नेपालकै नमुना एउटा लाइभ म्यूजियम र संग्राहलय निर्माण गर्न महोत्सव गरिएको बताइन् ।

उठेको रकमबाट जग्गा खरिद गर्ने योजना छ । ‘आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गरी तनहुँमा आन्तरिक तथा वाहृय पर्यटकलाई आकषिर्त गर्ने उद्धेश्य महोत्सवमा अन्तरनिहित छ,’ संयोजक धर्तीले भनिन्, ‘कम्तिमा पनि ८० रोपनी जग्गामा जनजाति समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार समावेश गर्ने हाम्रो लक्ष्य छ ।’

महोत्सवमा सांस्कृतिक प्रदर्शनी, सांकृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको छ ।

महोत्सवमा आदिवासी जनजातिका खानाका परिकार, आदिवासी जानकारीका स्टल, हस्तकला, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शनी, कृषि उत्पादनका बिक्री तथा प्रदर्शनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं बिक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष लगायतका गरी २३० स्टल छन् ।

महोत्सव अबधिभर ५ लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment