Comments Add Comment

पूर्व राजा ज्ञानेन्द्रलाई अंग्रेजी पढाएका इतिहासकार मल्लको निधन

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा. कमलप्रकाश मल्लको निधन भएको छ ।

इतिहासकार मल्लको शनिबार राति ११ः ४५ बजे अमेरिकाको एटलान्टामा निधन भएको उनका भाइ मल्ल के. सुन्दरले अनलाइनखबरलाई जानकारी दिए ।

८३ वर्षीय मल्ल पार्किन्सनको उपचार चलीरहेको थियो । मल्लका श्रीमती र दुई छोराछोरी अमेरिकामा छन् ।

प्राध्यापक मल्लले पूर्व राजा ज्ञानेन्द्र शाह, धीरेन्द्र शाह लगायतलाई दरबारमै गएर अंग्रेजी पढाएका थिए । उनका ल्याङ्गेज एण्ड सोसाइटी इन नेपाल, नेपाल पस्पेक्टीभ्स कन्टिन्यूनीटी एण्ड चेन्ज, द रोड टु नो होयर लगायतका पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment