Comments Add Comment

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

५ मंसिर, काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार बुधबार एक अंकले सुधार भएको हो ।

बुधबार सेयर बजारमा एक अंकको सुधार आउँदा नेप्से परिसूचक बढेर १ हजार १ सय ८२ दशमलव ७४ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै बुधबार कारोबार रकममा समेत सुधार देखिएको छ ।

दिनभरमा भएका ३ हजार ३ सय ७० कारोबारबाट १ सय ५१ कम्पनीको ८ लाख ५२ हजार ७ सय ६८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ८८ लाख ८४ हजार २ सय ७२ रुपैयाँ पुगेको छ । यस अघि मंगलबार कारोबार रकम घटेर १७ करोड ४९ लाख ७९ हजार २ सय ४५ रुपैयाँमा झरेको थियो ।

बुधबार कारोबार रकमका आधारमा नविल बैंक सबैभन्दा अग्रस्थानमा देखिएको छ । नविलको ३ करोड रुपैयाँ भन्दा बढीको संस्थापक सेयर किनबेच भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment