Comments Add Comment

राजधानीमा सहमति नहुँदा प्रदेशसभा ३ को बैठक नै अनिश्चित

५ मंसिर, हेटौंडा । प्रदेश ३ को राजधानीका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ ।

स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेशसभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । आगामी प्रदेशसभा बैठकमा स्थायी राजधानीको टुङ्गो लगाउने तयारी भएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो । तर अहिले अन्य जिल्लाहरुमा भन्दा पनि प्रदेशको राजधानी हेटौंडा कि काभ्रे भन्ने विषयमा बढी विवाद छ ।

स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । प्रदेशसभामा एकल बहुमत रहेको नेकपाभित्रै प्रदेश राजधानीको विषयमा विवाद भएकाले राजधानीको टुंगो लगाउने जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष पुगिसकेको छ ।

राजधानीको बिषय सहमतिबाटै टुङ्गो लगाउन मुख्यमन्त्री डोरमणि पौडेल र केही मन्त्रीहरु नेकपाका नेतृत्व, शीर्ष नेताहरुसँग अनौपचारिक छलफलमा छन् । प्रदेशसभा नबस्दा आधा दर्जन बढी विधेयकमा छलफलसमेत हुन सकेको छैन । स्थायी राजधानीको बिषयलाई लिएर सभा अनिश्चित नबनाउन प्रदेश सांसदहरुले आवाज उठाउन थालेका छन् ।

सभामुख सानुकुमार श्रेष्ठले सहमतिका लागि प्रयास जारी रहेको बताए । स्थायी राजधानीले प्रदेशको समग्र विकासलाई दीर्घकालीन रुपमा प्रभाव पार्ने भएकोले मतविभाजन भन्दा पनि सहमतिबाट टुङ्गो लगाएपछि मात्र बैठक राख्ने पक्षमा सभामुख श्रेष्ठ रहेका छन् ।

नेता र सांसदहरु प्रदेशको राजधानीमै केन्द्रित हुँदा यसको नामबारे भने खासै छलफल हुन सकेको छैन । बागमती, नेपाल मण्डल, नेवाः ताम्सालिङ लगायतका नामबारे चर्चा भए पनि खासै गहन रुपमा दल र नेतृत्वले चासो दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment