+
+

जोशी हाइड्रोपावरको आईपीओ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १०:३६

६ मंसिर, काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ (साधारण सेयर) जारी गर्ने भएको छ ।

इलामको पुवा खोलामा ३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको जायस कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

कम्पनीको आईपीओका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन पाइने बताइएको छ ।

मंसिर १६ गतेदेखि आवेदन खुला हुने यस कम्पनीको आईपीओका लागि छिटोमा १९ गते र ढिलोमा पुस १९ गतेसम्म आवेदन खुला हुने बताइएको छ ।

कम्पनीको सेयर ५० हजार ७ सय १४ कित्ता कर्मचारीलाई र ८४ हजार ५ सय २३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईपीओको ५ ग्रेड दिएको छ । जुन कमजोर रेटिङ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?