Comments Add Comment

भृकुटीमण्डपमा शुरू भयाे राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी

९ मंसिर, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी’ शुरु भएको छ ।

स्वदेशी उत्पादनलाई बढावा दिन आहृवान गर्दै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा सो प्रदर्शनी शुरु भएको हो ।

प्रर्दशनीको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्वदेशी जुत्ता चप्पलको उत्पादनलाई बढावा दिने गरी तत्काल विशिष्ट नीति ल्याउन सरकारसँग माग गरे ।

उनले केही वर्ष भित्र जुत्ता चप्पलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले व्यवसायीहरुलाई प्रोत्साहित गर्ने खालको नीति ल्याउन ढिलाई गर्न नहुने बताए ।

प्रर्दशनी आयोजक समितिका संयोजक रामहरि दुलालले स्वदेशी जुत्ता चप्पललाई प्रोत्हासित गर्न पनि प्रदर्शनीमा आउन सबैलाई आहृवान गरे ।

प्रदर्शनीमा केटिएम सुज, भेनस सुज, क्वालिटी सुजलगायतका नेपालमै उत्पादित गुणस्तरीय जुत्ता तथा चप्पल प्रदर्शन गरिएको छ ।

स्वदेशी जुत्ता चप्पललाई प्रोत्साहित गर्न पनि व्यवसायीहरुले आग्रह गरेका छन् । मंसीर २६ गतेसम्म चल्ने प्रर्दशनीमा नेपाली ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध गराउने नेपाल जुत्ता चप्पल उत्पादक संघले जनाएको छ ।

प्रदर्शनीमा संघमा आवद्ध १ सय १७ जनाभन्दा बढि व्यवसायीहरुले स्टल राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment