Comments Add Comment

थ्रीस्टारद्वारा एनआरटी पराजित, च्यासलमाथि पुलिसको जित

१० मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डमा सोमबार भएको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिन्सले गोल गरे ।

पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको एनआरटीले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । खेलको ७४ औं मिनेटमा रञ्जितले पेनाल्टीबाट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको अतिरिक्त समयमा अजयी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई २–० गोलको जित दिलाएका हुन् ।

जितपछि थ्रीस्टारले चार खेलबाट तीन खेलमा जित र एक खेलमा पराजित हुदै ९ अंक बनाएको छ । यता पराजित एनआरटी भने चार खेलबाट तीन खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंक बनाएको छ ।

पुलिसलाई तीन अंक

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा एक गोल गरेको पुलिसले दोस्रो हाफमा थप एक गोल गर्दै जीत हात पारेको हो ।

पुलिसका लागि खेलको ४० औं मिनेटमा रवि पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८९औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई २–० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै पुलिसले चार खेलबाट दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै ७ अंक बनाएको छ । यता, पराजित च्यासलको भने चार खेलबाट एक खेलमा जीत दुई खेलमा पराजित र एक खेलमा बराबरीसहित ४ अंक नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment