Comments Add Comment

ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

१३ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्भौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठज् र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबर्द्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

सम्झौता भएसँगै अब नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, पि्रभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पताललेे प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने जनाइएको छ ।

आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको बैंक बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment