Comments Add Comment

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् ।

पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी  पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुनेछ ।

हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्

राष्ट्रपति भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको बताएकी छन् ।

पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment